सिक्सजी प्रविधि ५जी प्रविधिभन्दा ८ हजार गुणा उच्चगतिको, प्रति सेकेण्ड १ टेराबाइट स्पीड हुने

Technology Khabar २१ माघ २०७६, मंगलवार

सिक्सजी प्रविधि ५जी प्रविधिभन्दा ८ हजार गुणा उच्चगतिको, प्रति सेकेण्ड १ टेराबाइट स्पीड हुने

काठमाडौं । विश्वका कयौं देशहरुमा अझै ५जी सेवा शुरु भएको छैन् । तर अनुसन्धानकर्ताहरु भने अर्को पुस्ताको प्रविधि अर्थात सिक्सजीमा कामगर्न शुरु गरिसकेका छन् । जापानलगायतका केहि मुलुकहरुले सिक्सजी प्रविधिको विकास शुरु गरेका छन् ।

हालै चीनको मिनिस्ट्र अफ साइन्स एण्ड टेक्नोलोजीले भर्खरै मात्र ५जी भन्दा तिब्रगतिको वायरलेस नेटवर्कको लागि काम गर्न शुरु गरेको छ, जून अहिलेको ५जी भन्दा ८,००० गुणा तिब्र गतिको हुनेछ ।

वर्किंग ग्रुपका सदस्यहरुका अनुसार ६जीले करिब १ टेराबाइट प्रतिसेकेण्डको दरमा स्पीड प्राप्त गर्नेछ । यसको लागि चीनले दुई समूहको गठनसमेत गरेको छ ।

५जी सेवा अहिले इन्टरनेट अफ थिंग्सका लागि निकै उपयोगी भएको वा हुनसक्ने समयमा आगामी पुस्ताको प्रविधि सिक्सजीले भने कनेक्सनको क्षेत्रमा अहिलेको प्रविधिहरुलाई नयाँ परिभाषा दिनसक्ने अपेक्षा गरिएको छ ।

६जी नेटवर्कको विकास र यसको व्यवसायीक प्रयोगमा हामी अहिले निकै पर छौं, र उच्चगतिको न्यून लेटेन्सी भएको प्रविधिको प्रयोगको बारेमा हामी अझै अस्पष्ट छौं । तरपनि, अहिलेको अवस्थाअनुसार अनुमान गर्ने हो भने हामीहरुले सिक्सजी प्रविधिआएपछि भने उच्च गुणस्तरका ४के कन्टेन्ट भएका ४०/५० मुभीहरु केबल आफ्नो डिभाइसमा केहि सेकेण्डमा नै डाउनलोड गर्न सकिनेछ । एजेन्सी

प्रकाशित: २१ माघ २०७६, मंगलवार

Comments are closed.

Loading...