Technology Khabar २० माघ २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । भारतीय बजारमा सामसङ ग्यालेक्सी ए५१ को बिक्री सुरु भएसँगै कम्पनीले यसको ५जी मोडललाई पनि लन्च गर्ने तयारी गरेको छ ।
कम्पनीले ए५१ मा दुई भेरिएन्टमा ह्यान्डसेट प्रस्तुत गरेको थियो । जसमा एकमा ६जीबी र्याम रहेको थियो भने अर्कोमा ८ जीबी र्याम रहेको थियो । ग्यालेक्सी ए५१ ५जी भेरियन्टलाई कम्पनीले बेन्चमार्किंग वेबसाइटमा लिस्ट पनि गरिसकेको छ ।
सामसङ ग्यालेक्सी ए५१ को यस नयाँ मोडल गत शुक्रवार चिनियाँ बेन्चमार्किंग साइट गीकबेन्चमा लिस्ट भएको हो । एमएसपीले शेयर गरेको एक स्क्रीनशटअनुसार वेबसाइटमा यस फोनलाई सामसङ एसएम–ए५१६एन मोडल नम्वरसँगै लिस्ट गरिएको छ । जहाँ फोनमा सामसङको एक्सनोज ९८० चिपसेट रहेको देखिएको छ । यदि यो लिस्टिङ सहि साबित भएमा ग्यालेक्सी ए५१ सामसङको सबैभन्दा सस्तो ५जी स्मार्टफोनमा एक हुने छ ।
गीकबेन्चको लिस्टिङको अनुसार यस फोनमा ६जीबी र्याम मेमोरी रहेको देखिएको छ । गीकबेन्चको अनुसार ग्यालेक्सी ए५१ एन्ड्रोएड १० ओएसमा रन गर्नेछ र फोनमा सामसङ वान यूआई २.० दिइने छ ।
यसको साथै फोनमा १.७९ गीगाहर्ज बेस फ्रिक्वेन्सीको अक्टाकोर प्रोसेसर दिइने कुरापनि गीकबेन्चको लिस्टिङबाट अगाडि आएको छ । बेन्चमार्कमा ग्यालेक्सी ए५१ को सिंगल–कोरमा ६७९ स्कोर रहेको छ भने मल्टि–कोरमा यस फोनलाई १८४८ स्कोर दिइएको छ । एजेन्सी
प्रकाशित: २० माघ २०७६, सोमबार