Technology Khabar २० माघ २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । भारतीय राइड हेलिंग कम्पनी ओलाले बेलायतको लण्डनमा आफ्नो सेवा शुरु गर्ने भएको छ । कम्पनीले लण्डनमा कार्यालय खोलेको १ वर्षपछि यहि फरबरी १० तारिखदेखि सेवा शुरु गर्न लागेको हो ।
पछिल्लो दिनमा लण्डन राइड हेलिंग सर्भिसको लागि विश्वको सबैभन्दा ठूलो बजार हो जहाँ भारतीय ब्राण्डले अन्तराष्ट्रिय सेवा बिस्तार रणनीतिअन्तरगत सेवा दिने बताएको छ ।
लण्डनमा ओलाले अर्को प्रतिस्पर्धी कम्पनी उबरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
ओलाले लण्डनमा आफू पहिलो दिनदेखि नै पूर्णरुपमा संचालनमा आउने बताएको छ, जहाँ गएको नोभेम्बरदेखि हालसम्म कम्पनीले २० हजार ड्राइभरहरुसँग सहकार्य गर्नेछ ।
कम्पनीले अहिलेसम्म ३.५ अर्ब डलर फण्ड संकलन गरेको छ भने सेक्यूरिटी फीचरहरुको लागि आफ्नो प्लेटफर्ममा निकै सुधार गरेको छ ।
जहाँ कम्पनीले सातै दिन २४ सै घण्टा चालकहरु र ग्राहकहरुका लागि हेल्पलाइन संचालन गरेको छ भने एपमा पनि इमजेन्सी बटन राखेको छ ।
विश्वभर सुरक्षा महत्वपूर्ण विषय भएको र अझ बेलायतको राजधानीमा त्यसलाई निकै महत्वका साथ हेरिन्छ ।
सेक्यूरिटीका कारणले गर्दा नै अर्को प्रतिस्पर्धी उबरको लाइसेन्स बेलायतमा खारेजीमा परेको थियो भने हाल कम्पनीले त्यसमा अपिल गरिरहेको छ । तर ओलाले भने सेक्यूरिटीलाई स्पष्टरुपमा ध्यानमा राखेर स्थानिय नियमनकारी निकायहरु र अधिकारीहरुसँग निरन्तर सहकार्य गरिरहनेछ भने यो उद्योगकै उत्कृष्ट टेक्नोलोजी प्राक्टिसमा अगाडी बढ्ने बताएको छ ।
ओलाले हाल बिरमिंगहम, कोभेन्ट्री र वारवीकजस्ता शहरहरुमा पनि सेवा उपलब्ध गराउने छ भने कम्पनीले गत चौमासिकको भन्दा दोब्बर राईड वृद्धि हुने दाबी गरेकोछ ।
ओलाले हाल विश्वका २५० भन्दा बढि शहरहरुमा सेवा प्रदान गरिरहेको जनाएको छ । एजेन्सी
प्रकाशित: २० माघ २०७६, सोमबार