फलोवर बढाउने यो एपले इंन्स्टाग्राम प्रयोगकर्ताको आईडी र पासवर्ड लीक गर्दै

Technology Khabar २० माघ २०७६, सोमबार

फलोवर बढाउने यो एपले इंन्स्टाग्राम प्रयोगकर्ताको आईडी र पासवर्ड लीक गर्दै
Classic Tech

काठमाडौं । इन्स्टाग्राममा एकपटक फेरी डाटा ब्रीच भएको छ । इन्स्टाग्राम फेसबुक अन्तर्गतको कम्पनी हो र डाटा लीकको मामिलालाई फेसबुकले लागातार झेल्दै आईरहेको छ । इन्स्टामा यूजर्सको डाटा थर्ड पार्टी टूलबाट लीक भएको हो ।

सोशल मिडिया बूटिङ्ग सर्भिस ‘सोशल क्याप्टेन’ एउटा थर्ड पार्टी टूल हो जसले इन्स्टाको फलोअर्स बढाउनमा मदत गर्दछ । यसै टूलको माध्यमबाट हजारौँ इन्स्टा यूजरनेम र पासवर्ड लीक भएको हो । र अब यी यूजर्सलाई डाटा ह्याकरहरुले गर्ने गलत प्रयोगको डर रहेको छ । यस डेटा लिकबाट युजर्सको आइडी र पासवर्ड दुबै पब्लिक भएको छ ।

टेक क्रन्चको रिर्पोटअनुसार सोशल क्याप्टेन नामको यस टूलले इन्स्टाको लीक्ड यूजर अकाउन्डलाई बिना एन्क्रिप्शन प्लेन टेक्टमा स्टोर गरिदिएको थियो । महत्वपुर्ण कुरा सोशल क्याप्टेनलाई प्रयोग गर्नको लागी इन्स्टा यूजर्सले आफ्नो एकाउन्ट यससँग लिङ्क गराउनु पर्नेहुन्छ । र तपाईँले एपलाई आफ्नो डाटा एक्सेस गर्ने अनुमती दिएपछि मात्र उक्त एप तपाईको इन्स्टा अकाउन्टसँग लिङ्क हुन्छ ।

रिर्पोटले वेबसाइटको एक कमजोरीको कारणले कुनैपनि सोशल मिडिया क्याप्टेनको यूजरका प्रोफाइल हेर्न सक्दछन् र इन्स्टाको लगइन क्रेडेन्शियल बिना नै इन्स्टा एक्सेस गर्न सक्नेछ ।

इन्स्टाको डाटा लीक गर्ने रिसर्चरले १०,००० यूजर्सको अकाउन्टको डाटा लीक भएको खुलाएका छन् । यसमध्येका ७० अकाउन्ट प्रीमियम रहेको छ । अर्थात यस्ता अकाउन्टले सर्भिस प्रयो गर्न पैसा दिने गर्दछन्।

टेक क्रन्चको यस रिर्पोटपछि सोशल क्याप्टेनले आफ्नो कमजोरी सुधारिएको बताएको छ । सेक्योरिटी रिसर्चरले टेक क्रन्चलाई सोशल क्याप्टेनको यस स्प्रेडशीटमा ४,७०० यूजर्सको कम्प्लीट इन्स्टाग्राम र पासवर्ड रहेको बताएको छ । अर्थात यी सबै अकाउन्टलाई जोकसैले पनि प्रयोग गर्न सक्दथे ।

आजकल थर्ड पार्टी एप्सबाट डाटा लीक हुने क्रम आम विषय भएको छ । आमरुपमा सोशल मिडिया वेबसाइट जस्तो फेसबुक वा इन्स्टाग्राम मा यस्ता कयौँ एप्स हुन्छन जसको फेसबुकसँग कुनै सम्वन्ध रहेको हुँदैन । तर यसको प्रयोगको लागी उनिहरुले फेसबुक वा इन्स्टाको क्रेडेन्शियल माग्ने गर्दछन्। यस्ता एपलाई तपाईँले आफ्नो केहिपनि जानकारी वा अनुमित दिनुहुँदैन मात्र अलो Allow गर्नुपर्दछ ।

यदि तपाईँले यस्ता एपसँग आफ्नो फेसबुक वा इन्स्टा अकाउन्ट लिङ्क गराउनु भयो भने उनिहरुले तपाईको डाटालाई स्टोर गर्ने गर्दछन । र पछि यो लीक हुन सक्दछ । एजेन्सी

प्रकाशित: २० माघ २०७६, सोमबार

Comments are closed.

Loading...