गूगल आफ्नो नयाँ च्याटबोट ‘मीना’ मा काम गर्दै , मानिसहरुको जसरी नै जवाफ दिने

Technology Khabar १९ माघ २०७६, आईतवार

गूगल आफ्नो नयाँ च्याटबोट ‘मीना’ मा काम गर्दै , मानिसहरुको जसरी नै जवाफ दिने
Classic Tech

काठमाडौं । गूगल हालका दिनमा मानिसहरुको जस्तै ब्यवहार गर्ने च्याटबोटमा काम गरिरहेको छ । यस च्याटबोटमा हाल कन्जुमर र उद्योगीहरुले निकै रुचि देखाएका छन्।

गएको दशकमा नै च्याटबोटमा ट्रान्सफरमेशन देखिएको थियो र यसवर्ष यसमा महत्वपूर्ण परिवर्तन आउन सक्ने देखिएको छ । हालको च्याटफेशमा लिमिटेड प्रश्नहरुको मात्रै इन्टरफेश देख्न पाईँदै आएको छ । तर अब गूगलले नयाँ परिवर्तनसँगै यसमा काम गरिरहेको छ । खबर अनुसार गूग ब्रेन रिसर्च टिमले आफ्नो नयाँ च्याटबोटको नाम ‘मीना’ राखेका छन ।

रिसर्च टिमबाट पाइएको जानकारी अनुसार यो च्याटबोटले कुनैपनि प्रकारको च्याट गर्न सक्ने छ । यसको साथै यो च्याटबोट ईन्ड टू ईन्ड नेचुरल कन्भरसेशन मोडलमा प्रस्तुत हुनेछ । यस मेथडको प्रयोगबाट गूगलले हालको च्याटबोटमा रहेको कमजोरीहरुलाई सुर्धाने छ ।

गूगलको रिसर्च टिम ब्रेन टिमका सिनियर रिसर्च साइनटिस्ट थेन्ग लोन्ग र सिनियर इन्जीनियर ड्यानियल एडिवारडानाले एक गूगल पोस्टमा यस च्याटबोटको बारेका केहि जानकारी शेयर गरेका थिए । यस ब्लगमा उनिहरुले कयौँपटक कमन सेन्स र सामान्य जानकारीको कमीको कारणले च्याटबोटले कन्ज्युमरलाई दिने जवाफमा केहि नमिलेको पाइने र सँगै च्याटबोटको रेस्पोन्स र कन्टेस्ट स्पेसिफिक नहुने गरेको बताएका छन ।

उनीहरुले गूगलको अपकमिंग च्याटबोटमा यस्ता समस्या नहुने जनाएका छन ।

यसबाट पहिलेको च्याटबोटको तुलना अपकमिंग च्याटबोटले सेन्सेबल रिप्लाई दिने देखिन्छ । गूगल रिसर्च टिमको उदेश्य प्रयोगकर्ताले जुनसुकै बेला प्रयोग गर्न सक्ने च्याटबोट बनाउने हो । यस पोस्टमा गूगलको ब्रेन टिमले मीनासँग भएको दुई कन्भरसेशनलाई पनि शेयर गरेका छन्, जसमा गूगलले रिप्लाईमा च्याटबोटले जोक सुनाउँदै गरेको पनि देखाएको छ । एजेन्सी

प्रकाशित: १९ माघ २०७६, आईतवार

Comments are closed.

Loading...