क्वान्टम टेक्नोलोजीमा लगानी गर्ने भारतको योजना, ८ हजार करोड भारतीय रुपैयाँ बजेट छुट्यायो

Technology Khabar १९ माघ २०७६, आईतवार

क्वान्टम टेक्नोलोजीमा लगानी गर्ने भारतको योजना, ८ हजार करोड भारतीय रुपैयाँ बजेट छुट्यायो

काठमाडौं । भारत सरकारले हिजो अर्थात एक फरवरीको दिन आफ्नो बजेट पेश गरेको छ । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले संसदमा भारतको आम बजेट पेश गरेकी हुन् ।

भारतले यसपटकको बजेटमा ५जी सर्भिसेज, आर्टिफिशियल इन्टेलिनेन्स, स्टार्टअप, डेटा सेक्योरिटी, क्वान्टम कम्प्यूटिंग र टेक्नोलोजी सँग जोडिएको क्षेत्रलाई खास प्राथमिकतामा राखेको छ । भारतले आफ्नो प्राथमिकतामा राखेको टेक्नोलोजीका केहि क्षेत्रहरु यस्ता रहेका छन् ।

क्वान्टम कम्प्युटिंग

भारत सरकारले आउँदो ५ वर्षमा क्वान्टम एप्लिकेशन मा ८ हजार करोड भारतीय रुपैयाँ खर्च गर्ने भएको छ ।

इलेक्ट्रोनिक एवंम आईटी मन्त्रालयले २७ संभावितमा संयुक्त अनुशन्धानको लागी इजरायल सरकारसँग एक सम्झौता गरेको छ, जसमा क्वान्टम कम्प्युटिंग पनि सामेल रहेको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले क्वान्टम सँग संम्वन्धित कम्प्युटिंग टेक्नोलोजीमा सफलता हासिल भएमा यस्तो सफलता प्राप्त गर्ने भारत तेस्रो देश हुने बताईन् ।

क्वान्टम टेक्नोलोजी आर्टिफिशियल इन्टेलिजेन्स भन्दापनि अगाडि रहेको छ । केहि एक्सपर्टहरुले फिजिक्सको क्वान्टम सिद्धान्तमा काम गर्ने यस कम्प्युटिंगमा अपार संभावना रहेका बताएका छन्।

गएको वर्ष गूगलले क्वान्टम कम्प्युटिंगसँग जोडिएको एक एक्सपेरिमेन्टल क्वान्टम प्रोसेसर डेभलप गरेको थियो । यस प्रोसेसरबाट सुपर कम्प्युटरलाई पनि हजारौं वर्ष लाग्ने क्यालकुलेशन केहि मिनेटमा नै सल्भ हुन्छ । गूगलको एस रिर्सचलाई साइन्टिफिक जर्नल नेचरमा सार्वजनिक गरिएको थियो । जसमा रिर्सचकर्ताहरुले क्वान्टम स्पिडलाई रियल वर्ल्डमा हासिल गर्न सकिने र यसका लागी कुनै लुकेको फिजिक्स सिद्धान्त लागु नहुने लेखेका थिए।

इलेक्ट्रोनिक मेनुफ्याक्चरिंग

भारत सरकारले यस वर्षको वजेटमा मोबाइल फोन, इलेक्ट्रोनिक इक्युपमेन्ट र सेमीकन्डक्टरको मेनुफ्याक्चरिंग ठुलो रुपमा गर्ने स्पस्ट पारेको छ । मेक इन इन्डियाको रुपमा आर्थिक वर्ष २०१९–२० मा फोन मेनुफ्याक्चरिंग इन्डस्ट्री १,३५,००० करोड भारुको हुने छ । जुन आर्थिक वर्ष २०१६–१७ मा ९४,००० करोड भारुको रहेको थियो ।

यसको साथै मेडिकल डिभाइस बनाउने डिक्सन टेक्नोलोजीज, अम्वर इन्टरप्राइजेज, सुब्रोस जस्ता कम्पनीहरुलाई पनि फाइदा हुने छ । यसको लागी भारत सरकारले नेशनल टेक्निकल टेक्सटाइल मिशनको लागी १,४८० करोड भारु छुट्याएको छ ।

टेलीकम सेक्टर

भारत सरकारले आउदो आर्थिक वर्षमा भारत ब्रोडब्यान्ड नेटवर्क लिमिटेडमा ६० हजार करोड भारु खर्च गर्ने भएको छ । भारत नेट नेट भारतको हरेक गाउँमा ब्राडब्यान्ड पुर्याउने कार्यक्रम हो । यस प्रोग्रामको फाइदा रिलायन्स इन्डस्ट्रिज र एचएफसीएललाई हुने अनुमान गरिएको छ ।

आइटी फर्म

भारत सरकारले प्राइभेट सेक्टरलाई डाटा सेन्टर बनाउने अनुमति प्रदान गरेसँगै यसको फाइदा भारतका सबै आईटी फर्मलाई हुने देखिन्छ । अर्थात टीसीएस, इन्फोशिस, टेक महिन्द्रा सँगै मध्यम टेक साइट एलटीआई, माइन्डट्री, पर्सिस्टेट र हेक्सावेयरलाई पनि फाइदा पुग्ने छ । एजेन्सी

प्रकाशित: १९ माघ २०७६, आईतवार

Comments are closed.

Loading...