एप्पलले चीनमा रहेका आफ्ना सम्पूर्ण कार्यालय र स्टोरहरु बन्द गर्यो, कोरोना भाइरसको डर

Technology Khabar १९ माघ २०७६, आईतवार

एप्पलले चीनमा रहेका आफ्ना सम्पूर्ण कार्यालय र स्टोरहरु बन्द गर्यो, कोरोना भाइरसको डर
Classic Tech

काठमाडौं । एप्पलले चीनमा भएका आफ्ना सम्पूर्ण आधिकारीक स्टोरहरु तथा कर्पोरेट कार्यालयहरु फरबरी ९ तारिखसम्मका लागि बन्द गर्ने भएको छ ।

कम्पनीले चीनमा फैलिरहेको कोरोना भाइरसले हालसम्म २५० भन्दा बढि मानिसको मृत्यु भईसकेको कारणले गर्दा आफ्ना स्टोर र कार्यालयहरु बन्द गर्न लागेको शनिवार जानकारी दिएको हो ।

‘जोखिमको अवस्था र स्वास्थ्य विज्ञहरुको पछिल्लो सुझावअनुसार हामी हाम्रा कर्पोरेट कार्यालयहरु,स्टोरहरु र कन्ट्याक्ट सेन्टरहरु मेनल्याण्ड चीनमा ९ फरबरीसम्म बन्द गर्नेछौ,’ एप्पलले स्टेटमेन्ट जारी गर्दै भनेको छ । कम्पनीले ती स्टोरहरु सकेसम्म छिटो भन्दा छिटो खोल्ने बारेमा हेरिने बताएको छ ।

यो साताको शुरुवातमा नै एप्पलले भाइरस फैलिने डरले चीनमा आफ्ना ३ वटा स्टोरहरु बन्द गरेको थियो ।

एप्पल बाहेक कयौं कम्पनीहरुले चीनमा आफ्ना स्टोरहरु हाल बन्द गरेका छन भने कर्मचारीहरुलाई घरबाटै कामगर्न र चीन भ्रमण नगर्न सचेत गराएका छन् ।

टेक कम्पनी एप्पल विशेषगरि चीनमा स्मार्टफोन बिक्रीका साथसाथै आफ्नो आपूर्ति र उत्पादनसँग पनि आधारित छ ।

भाइरस फैलिएको बुहान शहर र हुबेई प्रान्तमा एप्पका कयौं आपूर्तिकर्ताहरु रहेका छन् । एजेन्सी

प्रकाशित: १९ माघ २०७६, आईतवार

Comments are closed.

Loading...