Technology Khabar १९ माघ २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । एप्पलले आफ्नो निकै चर्चामा रहेको आइफोन एसईको अपग्रेड भर्सनको रुपमा नयाँ बजेट आइफोन ल्याउने निश्चित भएकोछ ।
यसअघि विभिन्न रिपोर्टहरुमा दाबी गरिएअनुसार नयाँ बजेट आइफोनलाई कम्पनीले एप्पल आइफोन ९ नाममा सार्वजनिक गर्नेछ भने कम्पनीले त्यसको प्लस भेरिएन्ट पनि ल्याउने योजना बनाएको छ ।
हालै आएका नयाँ रिपोर्टहरुअनुसार आइफोन ९ प्लसको स्पेशिफिकेसन र लन्च डेटको जानकारीहरु बाहिर आएका छन् । आइफोन ९ यो वर्षको पहिलो अर्ध वार्षिकमा नै आउनेछ भने यो हेर्दा आइफोन ८ को डिजाइनमा हुनेछ ।
नयाँ आइफोन ९ प्लस अर्थात आइफोन एसई २ प्लसमा फूल स्क्रीन डिस्प्ले हुनेछ भने त्यसमा फेस आईडी सपोर्ट हुनेछैन् । त्यसैगरि यसको स्क्रीन साइज ५.५ देखि ६.१ इन्चको बिचमा हुने अनुमान गरिएको छ ।
फेसआईडी नहुनेहुँदा कम्पनीले फेरी फिंगरप्रिन्ट सेन्सर नै ल्याउनसक्नेछ र यसलाई पावर बटनभित्र इन्टिग्रेट गर्न सकिने अनुमान छ । त्यसैगरि कम्पनीले यसको मूल्य सस्तो बनाउनका लागि यसमा एलसिडी प्यानल प्रयोग गर्नेछ ।
आइफोन ९ प्लसमा पनि एप्पलको ए १३ बायोनिक चीपसेट हुनेछ भने यसमा कस्तो सामाग्री हुनेछ भन्ने जानकारी छैन् ।
यसबाहेक आइफोन ९ प्लस सन् २०२० को अन्त्यतिर वा सन् २०२१ को शुरुवातमा मात्रै लन्च हुने बताईएको छ ।
एप्पलले आइफोन एसईको अपग्रेडको रुपमा आइफोन ९ ल्याउन लागेसँगै यसको परीक्षण उत्पादन पनि शुरु भईसकेको रिपोर्ट आएको छ । आइफोन एसई २ भनेर चिनिँदै आएको सो स्मार्टफोन यो वर्षको मार्च महिनाभित्र लन्च हुने अपेक्षा गरिएको छ ।
उद्योगका स्रोतहरुलाई उदृत गर्दै आएको रिपोर्टअनुसार आइफोन ९ को अर्डर ३ करोड यूनिट भन्दा बढि रहेको छ । कम्पनीले आइफोन ९ को मास प्रडक्सन भने फरबरीको मध्यतिरबाट शुरु गर्ने अनुमान गरिएको छ ।
यो स्मार्टफोन इमर्जिंग बजारहरुलाई केन्द्रित गरेर लन्च गरिने छ भने यसको मूल्य ३ हजार यूआनको हाहारी अर्थात ४३२ अमेरिकी डलर बराबर हुनेछ । एजेन्सी
प्रकाशित: १९ माघ २०७६, आईतवार