विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा ५० करोडभन्दा धेरै स्मार्टफोन प्रयोगकर्ता

Technology Khabar १९ माघ २०७६, आईतवार

विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा ५० करोडभन्दा धेरै स्मार्टफोन प्रयोगकर्ता
Classic Tech

काठमाडौं । सूचना क्रान्तिपछि भारतमा मोबाइल ग्राहकहरुको संख्यामा लगातार वृद्धि हुँदै गईरहेको छ । हाल भारतीयहरुको आकर्षण फिचर फोनबाट स्मार्टफोन तर्फ बढिरहेको छ । भारतमा हाल स्मार्टफोनप्रतिको आकर्षण यति बढेको छ कि अहिले स्मार्टफोन प्रयोगकर्ताको संख्या ५० करोडभन्दा बढि पुगेको छ । यसो हुनुमा त्यहाँ उपलब्ध ४जी सेवा र सस्तो डाटादरलाई मान्न सकिन्छ ।

एक रिर्पोटकाअनुसार भारतमा २०१८ को तुलानामा स्मार्टफोनको खरिददर १५ प्रतिशतले वृद्धि भएको छ । मार्केट रिसर्च फर्म टेकएआरसीले आफ्नो रिर्पोटमा भारतीय बजारमा शाओमी र रियलमी ब्रान्डको प्रवेशपछि नयाँ ग्राहकहरु स्मार्टफोनसँग जोडिँदै गईरहेको दाबी गरेको छ ।

रिर्पोटले २०१९ को डिसेम्वरसम्म भारतका दुई मिलियन मानिसहरुले स्मार्टफोन प्रयोग गर्ने गरेको देखाएको छ । त्यस समय भारतीय बजारमा सर्वाधिक शेयर हिस्सा सामसङको रहेको थियो । त्यसपछि शाओमी, भीभो र ओपो दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका थिए । तर हाल भारतीय बजारमा शाओमीको शेयर सर्वाधिक रहेको छ ।

टेकएआरसीका संस्थापक फैसल कउसा केहि वर्ष पहिले फीचरफोनबाट स्मार्टफोनमा शिफ्ट हुने मानिसहरुको संख्या कम रहेको तर हाल यसले निकै तिब्र गति लिएको बताउँछन । उनले ५० करोडको संख्यालाई हेर्दा अझ स्मार्टफोनका प्रयोगकर्ताहरु बढ्दो अवस्थामा रहेको जनाए । उनले भारतमा ग्राहकहरुका लागी पाँच हजारमा स्मार्टफोन किन्ने विकल्प रहेका तर ग्राहकहरुले यसभन्दा केहि बढी मुल्य भएको स्मार्टफोन किन्ने गरेको बताए ।

भारतमा २०१९ मा रियलमीले आफ्ना ग्राहक संख्यामा ४९ प्रतिशतले वृद्धि गरेको थियो । त्यस्तै वानप्लसले ४१ प्रतिशत, सामसङ, शाओमी र ओपोले ग्राहक संख्यामा ९, २५, र ३६ प्रतिशतले वृद्धि गरेका थिए । एजेन्सी

प्रकाशित: १९ माघ २०७६, आईतवार

Comments are closed.

Loading...