टेलिकम उद्योगको कुम्भ मेला मोबाइल वर्ल्ड कंग्रेस २०२० मा कोरोनाभाइरसको असर नहुने

Technology Khabar १९ माघ २०७६, आईतवार

टेलिकम उद्योगको कुम्भ मेला मोबाइल वर्ल्ड कंग्रेस २०२० मा कोरोनाभाइरसको असर नहुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । बार्सिलोनामा विश्वको सबैभन्दा ठुलो टेलिकम इन्डस्ट्रि इभेन्ट मोबाइल वर्ल्ड कंग्रेस २०२० (एमडब्ल्युसी ) आयोजना हुन गइरहेको छ । एमडब्ल्युसी २०२० का बेला बार्सिलोनामा एकलाख भन्दा धेरै आगन्तुकहरु आउने छन् ।

एमडब्ल्युसी २०२० बार्सिलोनामा २४ देखि २७ फरवरीसम्म आयोजना हुँदैछ । बार्सिलोनामा आयोजना हुने यस इभेन्ट चीनमा फैलिएको कोरोनाभाइरस बाट प्रभावित हुने आशंका गरिएको छ । कोरोनाभाइरसको कारण चीनमा हालसम्म १३२ जना मानिसहरुको मृत्यु भइसकेको छ ।

एमडब्ल्युसी आयोजना गर्ने कम्पनी जीएसएसए टेलिकम इन्डस्ट्रि ग्रुपले अपकमिंग एमडब्ल्युसी २०२० प्रोग्राम तय गरिएको मितिमा नै सम्पन्न हुने बताएको छ । रोयटर्सकाअनुसार जीएसएमए ले हालको अवस्थालाई मध्यनजर गर्दै कोरोनाभाइरसको इभेन्टमा पर्ने प्रभावको आंकलन गरिरहेको जनाएको छ ।

यसको साथै जिएसएमएले इभेन्ट हुने स्थानमा वर्ल्ड हेल्थ अर्गानाइजेसन र सरकारको सेफ्टि रिकमेन्डेशनको अनुसार मेडिकल सर्पोटको अतिरिक्त व्यवस्था भएको बताएको छ ।

एमडब्ल्युसी २०२० आयोजकका अनुसार चीनबाट करिब २,५०० मानिसहरु यस इभेन्टमा उपस्थित हुने र चीन टेक्नोलोजीको लागि महत्वपुर्ण देश मध्ये एक रहेकोले यस इभेन्टमा चिनियाँ उपस्थितिको खास महत्व रहने छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १९ माघ २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार