यी अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा आजबाट ह्वाट्सएप सपोर्ट बन्द, एकाउन्ट खोल्न नपाईने

Technology Khabar १८ माघ २०७६, शनिबार

यी अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा आजबाट ह्वाट्सएप सपोर्ट बन्द, एकाउन्ट खोल्न नपाईने

काठमाडौं । सार्वजनिक भएको छोटो समयमा नै हाल ह्वाट्सएपमा विश्वभरका अर्बौं प्रयोगकर्ताहरु रहेका छन् । तर ह्वाट्सएपले आफ्ना केहि पुराना अपरेटिङ सिस्टममा चल्ने फोनहरुमा सर्पोट बन्द गर्न गईरहेको छ ।

ह्वाट्सएपले आफ्नो एफएक्यु सर्पोट पेजमा एक ब्लग शेयर गरेको छ, जसमा कम्पनीले पुराना अपरेटिङ सिस्टम भएका स्मार्टफोनहरुमा ह्वाट्सएप सपोर्ट बन्द गर्ने जानकारी दिएको छ ।

कम्पनीले यसमा एन्ड्रोएड भर्जन २.३.७ र त्यसअघिका अपरेटिङ सिस्टममा सर्पोट बन्द गर्ने जानकारी दिएको छ । साथै यसमा एप्पलको आईफोनको आईओएस ८ र त्यसभन्दा पुराना अपरेटिङ सिस्टमका फोनमा ह्वाट्सएपको सर्पोट बन्द गरेको हो । यी फोनहरुमा १ फरवरी २०२० अर्थात आजैबाट ह्वाट्सएपले सर्पोट गर्न छोड्ने छ ।

ह्वाट्सएपले ब्लगमा उल्लेख गरेअनुसार यस अपरेटिङ सिस्टमको प्रयोग गर्नेले ३१ जनवरी पछि यसमा नयाँ अकाउन्ट बनाउन र भेरिफिकेशनलगायत एक्टिभेटपनि गर्न पाउने छैनन् ।

ह्वाट्सएपले पुराना फोनमा सर्पोट बन्द गर्नुको कारण पनि खुलाएको छ । जसमा ह्वाट्सएपले आउँदो सात वर्षलाई ध्यानमा राखेको बताएको छ । त्यस्तै आफुहरुको ध्यान प्रयोगकर्ताहरुले बढि प्रयोग गरिरहेको अपरेटिङ सिस्टममा रहेकाले पुराना सिस्टमलाई ध्यानदिन नसक्ने जनाएको छ ।

यसमा ह्वाट्सएपले पछिल्लो छ वर्षदेखि एउटै मोबाइल चलाईरहेका प्रयोगकर्ताको स्मार्टफोनमा ह्वाट्सएपको सर्पोट बन्द हुने खुलाएको छ ।

जानकारीका अनुसार ह्वाट्सएपले विन्डोज फोनमा पनि १ फरवरी २०२० बाट सर्पोट बन्द गर्ने घोषणा गरेको छ । यसअघि कम्पनीले २०१७ मा ब्ल्याकबेरी ओएस, ब्ल्याकबेरी १०, विन्डोज फोन ८.० र बाँकी पुराना प्लेटफर्महरुमा ह्वाट्सएपको सर्पोट बन्द गरेको थियो ।

अब ह्वाट्सएप चलाउन चाहनेहरुले आईओएस ९ पछि आएका नयाँ आईओएस र एन्ड्रोएड भर्जन ४.०.३ भन्दा पछि आएका अपरेटिङ सिस्टम तथा काई अपरेटिङ सिस्टम २.५.१ वा त्यो भन्दा नयाँ अपरेटिङ सिस्टम भएका स्मार्टफोनहरु प्रयोग गर्नुपर्नेछ ।

प्रकाशित: १८ माघ २०७६, शनिबार

Comments are closed.

Loading...