Technology Khabar १८ माघ २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । विश्वकै ठुलो सर्च इन्जिन कम्पनी गूगलले वर्ष २०१९ इन्टरनेटलाई सुरक्षित राख्नका लागी ह्याकरहरुलाई ६५ लाख डलर दिएको छ । गूगलले यति ठुलो रकम ह्याकरहरुलाई रिवार्डको रुपमा प्रदान गरेको हो ।
खासमा गूगलले यस रकम आफ्नै भल्नरेबिलिटी रिवार्ड प्रोगामको रुपमा दिएको हो । कम्पनीले यस प्रोग्रामअनुसार गूगलका उत्पादनहरुमा सिक्याेरिटी फ्लो र बग्स पत्ता लगाएको कारणले ह्याकसहरुलाई रकम प्रदान गर्ने गर्दछ ।
कम्पनीको प्रोडक्टहरुमा गूगलक्रोम देखि एन्ड्रोएड सिस्टमसम्म सामेल रहेको छ । कम्पनीले ह्याकरहरुले पत्ता लगाएका बग समय रहँदै प्रयोगकर्ताको प्राइभेसीलाई सेक्योर गर्न गर्न सकिने भएकाले सो बापतको रकम दिने गर्दछ । कम्पनीले प्रयोगकर्ताको डाटालाई सुरक्षित गर्ने उदेश्यले ह्याकरहरुलाई यति ठुलो रकम प्रदान गर्ने गर्दछ ।
कम्पनीले यी त्रुटीहरुका कमिकमजोरी पत्ता लगाएर यसलाई फिक्स गर्ने गर्दछ । जसबाट प्रयोगकर्ताहरुमा कुनै समस्या देखिंदैन्। कम्पनीले हालसम्म यस प्रोग्राममा २ करोड १० लाख डलर रकम खर्च गरिसकेको छ । वास्तवमा विश्वभरमा टेक्नोलोजीको प्रयोग बढ्नाले ह्याकरहरुको क्षेत्रपनि ठुलो भएको छ । यस वास्तविकतालाई मध्यनजर गर्दै कम्पनीले आफ्नो प्रोडक्टलाई सिक्योर बनाउन यस्तो प्रोग्राम चलाउँदै आएको हो ।
गूगलले यसबाहेक कयौँ सेगमेन्टमा म्याक्सिमम रिवार्डको मुल्यमा वृद्धि गरेको पनि बताएको छ । गूगलले बजारमा स्मार्टफोन, क्यामरा, क्रोम बुक, होम मिनी जस्ता कयौँ प्रोडक्ट्स बिक्री गर्दै आएको छ ।
गूगलको एन्ड्रोएड अपरेटिंग सिस्टम यस समय विश्वभर सबैभन्दा धेरै मोबाइल फोनहरुमा चलिरहेको छ । जसलाई सिक्योर राख्न गूगलले यस्तो प्रोग्राम चलाउँदै आईरहेको छ । यस प्रोग्रामको उद्धेश्य बगहरुलाई पत्ता लगाएर त्यसलाई चाँडोभन्दा चाँडो फिक्स गर्नु हो । एजेन्सी
प्रकाशित: १८ माघ २०७६, शनिबार