फेसबुकको डिसेम्बरको त्रैमासिक कमाईमा ७ प्रतिशतले वृद्धि, रेभेन्युमा २५ प्रतिशत वृद्धि

Technology Khabar १८ माघ २०७६, शनिबार

फेसबुकको डिसेम्बरको त्रैमासिक कमाईमा ७ प्रतिशतले वृद्धि, रेभेन्युमा २५ प्रतिशत वृद्धि

काठमाडौं । फेसबुकलाई अक्टोवरदेखि डिसेम्वरसम्मको त्रैमासिकमा ७.३४ अर्व डलर नाफा भएको छ । यो २०१८ को अन्तिम त्रैमासिक भन्दा ७ प्रतिशतले बढी हो ।

त्यसबेला कम्पनीलाई ६.८८ अर्व डलर नाफा भएको थियो । त्यस्तै यस त्रैमासिकमा कम्पनीको रेभेन्यु २१.८ अर्व डलर भएको छ । कम्पनीलाई २०१८ को अन्तिम त्रैमासिकमा १६.९१ अर्व डलरको रेभेन्यु रहेको थियो । यद्पी यो कम्पनीको रेभेन्युमा ३० प्रतिशतभन्दा कम भएको यो लगातार चौथो त्रैमासिक हो ।

फेसबुकले आफ्नो त्रैमासिक नतिजाको साथसाथै आफ्नो वर्षभरिको नतिजापनि सार्वजनिक गरेको छ । २०१९ मा कम्पनीको कमाई १८.४८ अर्व डलर भएको छ । यो २०१८ को तुलनामा १६ प्रतिशत कम हो । २०१८ मा कम्पनीले २२.११ अर्ब डलर नाफा कमाएको थियो ।

अक्टोवर देखी डिसेम्वर सम्मको त्रैमासिकमा कम्पनीले ५५ करोड डलर कानुनी खर्चको लागी छुट्याएको थियो । फेसबुक माथी लाखौ प्रयोगकर्ताको डेटा बिना इजाजत स्टोर गरेको आरोपमाथी को मुद्दा चलिरहेको छ।

फेसबुकको सर्भिसेज अर्थात फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम प्रयोगकर्तामा यस त्रैमासिकमा ११ प्रतिशतले वृद्धि भएको छ । यो ११ प्रतिशतको वृद्धि डेली एक्टिभ यूजरमा थपिएको हो । हालसम्म फेसबुक सर्भिसेजको डेली एक्टिभ यूजरको संख्या २.२६ अर्वमा पुगेको छ।

कम्पनीले २०१८ को अन्तिम त्रैमासिकमा १६.९१ डलर रेभेन्यु पाएको थियो । जुन त्यसअघिको त्रैमासिक रेभेन्युको तुलनामा ३० प्रतिशतले बढि रहेको थियो । तर २०१९ को चारैवटा त्रैमासिकमा कम्पनीको रेभेन्यु ग्रोथ ३० प्रतिशतभन्दा कम रहेको छ । कम्पनिको २०१९ को पहिलो त्रैमासिकमा रेभेन्यु ग्रोथ २६ प्रतिशत, दोस्रो त्रैमासिकको २८ प्रतिशत, तेस्रो त्रैमासिकको २९ प्रतिशत र अन्तिम त्रैमासिकको २५ प्रतिशत रहेको थियो । एजेन्सी

प्रकाशित: १८ माघ २०७६, शनिबार

Comments are closed.

Loading...