विश्वभरका ३ करोड मानिसहरुको डेबिट र क्रेडिट कार्डको गोप्य जानकारी चोरी

Technology Khabar १८ माघ २०७६, शनिबार

विश्वभरका ३ करोड मानिसहरुको डेबिट र क्रेडिट कार्डको गोप्य जानकारी चोरी
सांकेतिक
Classic Tech

काठमाडौं । विश्वभरका ३ करोड भन्दा बढी मानिसहरुको डेबिट र क्रेडिट कार्डको जानकारी लीक भएको छ । र यसका डाटा अनलाईनमा बिक्री भइरहेका खबर प्रकाशमा आएको छ । यो लीक पेट्रोल हाल्दा, खानेकुरा मगाउँदा र अनलाइन शपिंग गर्दा भएको हो ।

विश्वको सबैभन्दा ठुलो फ्रड इन्टेलीजेन्स कम्पनी जेमिनी एडभाइजरीले मंगलबार एक रिर्पोट सार्वजनिक गर्दै २०१९ मा हालसम्मको सबैभन्दा ठुलो डाटाचोरी भएको र यसमा ८५० स्टोर्स र ३ करोड मानिसहरुको पेमेन्ट रेकर्ड चोरी भएको बताएको छ ।

यसअघि गतवर्षको अक्टोवरमा यस्तै किसिमको साइवर चोरीको एक घटना सार्वजनिक भएको थियो जसमा महत्वपुर्ण ट्रयाक २ को डाटापनि चोरी भएको थियो । जुन कार्डमा हुने म्याग्नेटिक स्ट्रिपमा रहेको हुन्छ । यसमा ग्राहकहरुको प्रोफाइल र लेनदेनको सबै जानकारी रहेको हुन्छ ।

जेमीनी एडभाइजरीले वावा (WaWa) मा प्रयोग गरिएको कार्डको डाटा जून कयौँ अमेरिकी वित्तिय संस्थाहरुका थिए र यो सबै जोकरमा स्ट्याशकोरुपमा राखेर सेल्सको लागी उपलब्ध गराईएको थियो अर्थात बिक्री हुँदै गरेको पत्ता लगाएको थियो । जोकर एक ठुलो अनलाईन प्लेटफर्म हो जहाँ डेबिट र क्रेडिट कार्डको जानकारीहरु खरिद बिक्री हुने गर्दछ ।

वावा एक अमेरिकी कम्पनी हो जसको विश्वभरमा रिटेल स्टोर्स र ग्यास स्टेशनहरु रहेको छ भने कम्पनीले फुड स्टोर्सपनि चलाउने गर्दछ ।

जेमीनी एडभाइजरीअनुसार यहाँ सोमबार एक लाख कार्ड्सको डाटा उपलब्ध रहेको थियो तर जोकरको स्टेशले यसमा ३० मिलियन काडर््स वावाका प्रयोगकर्ताहरुको रहेको दाबी गरेको छ । जेमीनी एडभाइजरीका फाउन्डर आन्द्रेई बेरसेविचले एक ईमेलमार्फत जोकरको अनलाइन प्लेटफर्ममा आउँदो १३ देखी १८ महिनामा कयौँ चरणमा डाटा बिक्री हुने बताएका छन्।

वावाका तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा ग्राहकका भुक्तानी कार्डको जानकारी बेच्नको लागी अपराधिक प्रयास बारेको रिर्पोटको जानकारी कम्पनीको अगाडी आएको बताएको छ । हाल वावाले ग्राहकहरुका लागी फ्री क्रेडिट मोनिटरिंगलाई उपलब्ध गराएको छ ।

जेमीनी एडभाइजरीको तर्फबाट जारी गरिएको बयानमा वावा कम्पनीको पेमेन्ट सिस्टममा भाइरस पठाएर मार्चदेखी डिसेम्बर बिचको डाटा चोरी गरिएको बताईएको छ । यद्पी कम्पनीले पछि यसलाई खोजेर पेमेन्ट सिस्टमलाई क्लिन गरेको थियो ।

यी कुरामा ध्यान दिनुस्

यदि तपाईले केहि कुराहरुमा ख्याल गर्नुभयो भने यस्ता डाटाचोरीको घटनाबाट बच्न सक्नुहुनेछ । साइवर एक्सपर्टहरुका अनुसार कुनैपनि डेबिट वा क्रेडिट कार्डलाई कुनैपनि एटिएममा प्रयोग गर्नु पहिले उक्त एटिएममा अरु कुनै डिभाइस अट्याच भएको नभएको राम्ररी चेक गर्नुपर्दछ ।

सुनसान ठाउँको वा एटिएममा केहि गडबड भएको जस्तो देखिएमा यस्ता एटिएममा कार्ड प्रयोग नगर्नु नै बुद्धिमानी हुने छ । ग्राहकहरुले कार्डबाट कारोबार गर्ने बैक खातामा ठुलो मात्रामा पैसा राख्नबाट बच्नुपर्दछ । यदि ग्राहकको कार्डबाट कुनैपनि अज्ञात कारोबार भएमा तुरुन्तै प्रहरीमा खबर गर्नु पर्दछ ।

कार्डको फोटो कुनैपनि स्थान वा सोसल मिडियामा सार्वजनिक गर्नु हुँदैन । र कार्ड प्रयोगकर्ताहरुले बेलाबेलामा आफ्नो अनलाइन वालेटको पासवर्ड र कार्डको पिन नम्बर परिवर्तन गर्नुपर्दछ जसले तपाईको डाटा चोरी हुने घटनाबाट जोगाउन ठुलो भुमिका खेल्दछ ।

प्रकाशित: १८ माघ २०७६, शनिबार

Comments are closed.

Loading...