फेसबुक, गूगललगायतमा विज्ञापन गर्नु गैरकानुनी, विज्ञापन गरे मुद्रा अपचलनको कारबाही

Technology Khabar १७ माघ २०७६, शुक्रबार

फेसबुक, गूगललगायतमा विज्ञापन गर्नु गैरकानुनी, विज्ञापन गरे मुद्रा अपचलनको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक संजालहरुमा विज्ञापन गर्नेलाई विदेशी मुद्रा अपचलनमा कारबाही गर्ने भएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै सामाजिक संजाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापन गैरकानूनी भएको बताएको छ । सामाजिक संजाल तथा अनलाइनमार्फत विज्ञापन प्रकाशन तथा प्रशारण बापतको रकम भुक्तानी र प्राप्ति अनौपचारिक माध्यमबाट नगर्न सचेत गराएको छ ।

सो सूचनाअनुसार फेसबुक, ट्वीटर, यूट्यूबजस्ता सामाजिक संजाल तथा इन्टरनेटमार्फत गरिने विाज्ञापन बापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी भएको उल्लेख छ ।

यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाईएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचतिल कानुन बमोजिम कारबाही गर्ने राष्ट्र बैंकले जनाएको छ ।

Social Media and Online Pmt.

प्रकाशित: १७ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...