Technology Khabar १७ माघ २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । गूगलले आफ्नो नयाँ गूगल ‘ट्याङ्गी’ एप लन्च गरेको छ । यो एक भिडियो शेयरिंग सोशल मिडिया एप हो । जसमा कुनैपनि कुरा कसरी गर्ने भन्ने सिकाउने छोटो–छोटो भिडियोहरु शेयर गर्न सकिन्छ ।
यस एपलाई गूगलको एरिया १२० टीमले तयार गरेको हो । यसको अबको टक्कर भिडियो शेयरिंगका लागी चर्चित एप टिकटकसँग हुने अनुमान लगाइएको छ ।
गूगल टेन्गीमा टिकटकको जस्तै ६० सेकेन्डको क्रिएटीभ भिडियो बनाउन सकिन्छ । एपमा बनाइने भिडियो मानिसहरुको दैनिक जिवनमा प्रयोग हुने कुराहरु उनिहरुलाई सिकाउने खालका हुन्छन । टिकटकमा हाल इन्टरटेन्मेन्टका भिडियोहरु मात्रै बनाउन सकिन्छ ।
हाल यस एप एप्पल स्टोर र वेबबाट फ्री मा डाउनलोड गर्न सकिन्छ । एन्ड्रोएड प्रयोगकर्ताले भने यस एपका लागी केहि समय कुर्नुपर्ने देखिन्छ । यस एप युरोपियन युनियनका राष्ट्रबाहेक विश्वका सबै राष्ट्रहरुमा उपलब्ध रहेको छ । गूगलले पनि हाल यस एपलाई लिमिटेड प्रयोगकर्ताले मात्रै युज गर्न सक्ने जनाएको छ । एजेन्सी
प्रकाशित: १७ माघ २०७६, शुक्रबार