Technology Khabar १७ माघ २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । नोकिया ब्रान्डको कमान्ड एचएमडी ग्लोवलले सम्हाल्न थालेयता कम्पनीले नोकियाको सबैभन्दा मजबुत कडी अर्थात फीचर फोनमा पनि पुरा ध्यान दिँदै आएको छ । फीचर फोन स्मार्टफोनको तुलनामा कम फंग्सनयुक्त हुन्छ ।
यद्पी, काईओएस आएपछि यसमा केहि परिर्वतन आएको छ । यो ओएस टपअफ दि लाइन फीचर फोनमा दिईने गरिन्छ । जसमा नोकिया २७२० फ्लीप पनि सामेल रहेको छ । र अब एचएमडी ग्लोबल काईओएस भन्दा अघि बढेर यस वर्ष एन्ड्रोएड फीचर फोन ल्याउने तयारीमा जुटेको छ ।
वाईफाई अलायन्स वेबसाइटमा एक लिस्टिङ्गबाट नोकिया ४०० नामको एक नयाँ फीचर फोनको जानकारी अगाडी आएको छ । जुन जीएएफपी मा चल्दछ । जीएएफपी एक अज्ञात टर्म हो, किनभने हालसम्म यसको घोषणा भएको छैन ।
यद्पी यो नयाँ भने होइन, गतवर्ष ९टु५जीगूगल लाई उद्रित गर्दै एन्ड्रोएडमा चल्ने एक नोकिया फीचर फोनको तस्विर लीक भएको थियो, जसमा यो टर्म देखिएको थियो ।
महत्वपुर्ण कुरा यो एन्ड्रोएड गो भन्दा अलग रहेको छ । स्ट्यान्डर्ड एन्ड्रोएड भर्जन विपरीत जीएएफपी फिजिकल बटनको माध्यमबाट टचलेस इन्टरेक्शनको सर्पोट प्राप्त हुने छ । यस सिस्टममा यूट्युव, गूगल असिस्टेन्ट र गूगल क्रोमलाई पनि स्पट गरिएको छ ।
हाल नोकिया ४०० ४जी को कुनैपनि बिशेषताहरु अगाडी आएको छैन । यद्पी यस फोन लन्च हुँदा यसमा एन्ड्रोएड गो को डाउनग्रेडेड भर्जनको प्रयोग हुन सक्ने छ । हाल कम्पनीले यस फोनलाई कहिले लन्च गर्न सक्छ भन्ने सार्वजनिक भएको छैन । एजेन्सी
प्रकाशित: १७ माघ २०७६, शुक्रबार