एप्पलको आम्दानी र नाफामा रेकर्ड कायम, आइफोन ११ को अधिक मागले बढायो नाफा

Technology Khabar १७ माघ २०७६, शुक्रबार

एप्पलको आम्दानी र नाफामा रेकर्ड कायम, आइफोन ११ को अधिक मागले बढायो नाफा

काठमाडौं ।

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले गत वर्षको अक्टोवरदेखि डिसेम्वर सम्मको त्रैमासिकमा भएको फाईदाले रेकर्ड कायम गरेको छ । कम्पनीको डिजीटल सेवाहरु र वेयरेवल प्रोड्क्टको बिक्री साथसाथै आइफोनको बिक्रीले पनि कम्पनीको फाइदामा रेकर्ड कायम गर्न सहयोग गरेका छन । समीक्षाअवधिमा कम्पनीको शुद्ध नाफा हालसम्मकै सबैभन्दा धेरै २२ अर्ब डलरमा पुगेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले एप्पलको यस नाफाबाट आफुहरु रोमान्चित भएको बताएका छन् । उनले आइफोन ११ र आइफोन ११ प्रो को राम्रो माग रहेको र कम्पनीको डिजीटल सेवाहरु तथा वेयरेवल सामानहरुको बिक्रीमा वृद्धि हुनु नै यस उपलब्धिको प्रमुख कारण रहेको जनाएका छन ।

टिम कुकका अनुसार यस त्रैमासिकमा भारतमा एप्पलले दोहोरो अंकमा व्यापार वृद्धि गरेको छ । त्यस्तै उनले भारतसँगै ब्राजील, चीन, थाइल्यान्ड र टर्किजस्ता उदियमान बजारहरुमा मजबुत प्रदर्शन रहेको र व्यापारले दोहोरो अंक छोएको जनाएका छन् ।

यस त्रैमासिकमा आइफोनको विश्वस्तरमा ५६ अर्व डलरको व्यापार भएको थियो । यो आकंडा २०१८ को अन्तिम त्रैमासिक नाफाभन्दा ८ प्रतिशत बढि हो । कुकले यस त्रैमासिकका बिच आइफोन ११ प्रतिहप्ता सबैभन्दा बढी बिक्री हुने मोडल रहेका बताएका छन ।

कुकले आइप्याडको लागी उदियमान बजारहरु मेक्सिको, भारत, टर्की, पोल्यान्ड, थाइल्यान्ड, मलेशिया, फिलिपीन्स र भियतनाममा पनि राम्रो व्यापार वृद्धि भएको जानकारी दिएका छन्। एजेन्सी

Global Bank
easy care

प्रकाशित: १७ माघ २०७६, शुक्रबार

ताजा समाचार