रियलमीको नयाँ स्मार्टफोन रियलमी सी ३ फरवरी पहिलो साता लन्च हुँदै, ड्युल रियर क्यामरा हुने

Technology Khabar १७ माघ २०७६, शुक्रबार

रियलमीको नयाँ स्मार्टफोन रियलमी सी ३ फरवरी पहिलो साता लन्च हुँदै, ड्युल रियर क्यामरा हुने

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी सी३ लाई आउँदो ६ फरवरीमा भारतमा लन्च गर्ने जानकारी गराएको छ । यस नयाँ स्मार्टफोनको लागी कम्पनीले मिडिया इन्भिटेसन पठाउन सुरु गरिसकेको छ ।

कम्पनीले अघिल्लो वर्ष रियलमी सी २ लन्च गरेको थियो र रियलमी सी ३ यसै स्मार्टफोनको अपग्रेडेड भर्जन हो । कम्पनीले यस नयाँ स्मार्टफोनलाई अनलाइन लाइभ स्ट्रीमिङबाट लन्च गर्नेछ ।

यस लन्च इभेन्टलाई कम्पनीको आधिकारीक यूट्यूव र फेसबुक पेजमा दिउँसो  नेपाली समय १२ः ४५ बजेदेखि हेर्न सकिने छ । कम्पनीले मिडिया निम्तोमा हिन्दी भाषामा ‘इन्टरटेनमेन्ट का सुपरस्टार’ लेखेको छ, यसबाट यो पछिल्लो मोडलभन्दा निकै दमदार रहने अनुमान लगाउन सकिन्छ ।

हालै रियलमीको सी३ स्मार्टफोन एफसीसी सर्टिफिकेशन साइटमा लिस्ट भएको थियो र यसमा यस स्मार्टफोनको केहि फिचर्सका बारेमा जानकारी पाइएको छ । यस स्मार्टफोन एन्ड्रोएड १० मा संचालन हुनेछ । यस बाहेक यस फोनको रियरमा ड्युल क्यामरा रहने छ ।

हालै रियलमीले रियलमी सी२ बाहेक १०,००० एमएएच ब्याट्री पावरको पावरब्याङक पनि लन्च गरेको थियो । जसमा टू वे इनपुट र आउटपूट पावरको सर्पोट दिइएको छ । एजेन्सी

प्रकाशित: १७ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...