एप्पलका एक्टिभ डिभाइस १.५ अर्ब पुगे ८० प्रतिशत डिभाइस आईओएस १३ अन्तर्गतका

Technology Khabar १६ माघ २०७६, बिहीबार

एप्पलका एक्टिभ डिभाइस १.५ अर्ब पुगे ८० प्रतिशत डिभाइस आईओएस १३ अन्तर्गतका

काठमाडौं ।

काठमाडौं । एप्पलका सिईओ टिम कुकले २०२० को एप्पलको रेकर्ड ब्रेकिङ प्रदर्शनको बारेमा जानकारी सार्वजनिक गरेका छन ।

उनले आफुहरुले एप्पलको कति डिभाइसहरु एक्टिभ रहेको र त्यसमध्ये कति डिभाइसहरु आईओएस१३ वा आईप्याड्स १३ मा संचालनमा रहेको भन्ने जानकारी प्राप्त गरेको बताएका छन्।

एप्पलले २०२० मा सार्वजनिक गरेको तथ्यांकमा सन् २०२० को पहिलो चौमासिकमा ९१.८ अर्ब डलरको आर्थिक कारोवार गरेको र यसको अर्थ गतवर्षको तुलनामा यस वर्ष एप्पल डिभाइसका ग्राहक धेरै रहेको बताएको छ ।

टिम कुकले यसै समयमा एप्पलको विश्वभरमा १.४ विलियन एक्टिभ डिभाइसहरु रहेको जसमा ९०० मिलियन आईफोनहरु रहेका जनाएका छन । हाल उनले यो संङख्या बढेर १.५ विलियनमा पुगेको बताएका छन्।

उनले आफुहरुले अहिलेसम्म ब्रेकडाउनको बारेमा नसुनेता पनि आईफोनको एक्टिभ डिभाइसहरुले संख्या १ अर्बको नजिक रहेको बताएका छन । उनले पछिल्ला केहि वर्षदेखि एप्पलको एक्टिभ डिभाइसहरुमा वार्षिक १०० मिलियन र यो भन्दा माथि बढिरहेको र यो स्थिर वृद्धिदर रहेको पनि जनाएका छन्।

कुकले एप्पलले कसरी एप्पल वाच सीरीज ३ र एयरपडको बलियो मागलाई पुरा गर्न नसक्ने बारेमा पनि बताए ।

यसका डेभलपरहरुले हाल एप्पलको सबै एक्टिभ डिभाइसहरु मध्ये करिव ८० प्रतिशत डिभाइसहरु ४ वर्ष पहिले आएको आइओएस र आइप्याडओएस को १३ भर्जनमा रन गर्ने रहेको जानकारी दिएका छन्।

सबै आइफोनहरुमा आईओएस १४ इन्स्टलबेस आइफोन ७० प्रतिशत रहेको छ जुन गएको अक्टोवरभन्दा २० प्रतिशत धेरै हो । त्यस्तै सबै आइपडहरुमा आईपडओएस १३ इन्स्टल बेस ग्रोथ हुँदै ५७ प्रतिशतमा पुगेको छ । यस आँकडा गत वर्षको अक्टोवरमा ३३ प्रतिशत रहेको थियो ।

easy care

प्रकाशित: १६ माघ २०७६, बिहीबार

ताजा समाचार