एप्पल र ब्रोडकमले क्यालटेकलाई १.१ अर्ब डलर पेटेन्टबापत तिर्नुपर्ने निर्णय

Technology Khabar १६ माघ २०७६, बिहीबार

एप्पल र ब्रोडकमले क्यालटेकलाई १.१ अर्ब डलर पेटेन्टबापत तिर्नुपर्ने निर्णय
काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले हालै आफू विरुद्धको पेटेन्टको अधिकार बारेको मुद्धा हारेको छ । क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी(क्यालटेक)ले एप्पल र ब्रोडकम विरुद्धको मुद्धामा १.१ अर्ब डलरको रकम प्राप्त गर्नेगरि मुद्धा जितेको हो ।
सन् २०१६ मा लस एन्जल्समा फेडरल कोर्टमा दायर गरिएको सो मुद्धामा क्यालिफोर्नियामा आधारित अनुसन्धान विश्वविद्यालयले ब्रोडकम वाईफाई चीप्स एप्पलका लाखौं आइफोनहरुमा प्रयोग गरिरहेको छ जून डाटा ट्रान्सफर टेक्नोलोजीसँग सम्बन्धित पेटेन्टअन्तरगत रहेको छ ।
ब्रोडकमले भने सो मुद्धाको विरुद्धमा अपिल गरिने बताएको छ भने एप्पलले पनि सो निर्णयको विरुद्धमा अपिल गरिने योजना रहेको उल्लेख गरेको छ ।
ब्रोडकम एप्पलको प्रमुख आपूर्तिकर्ता हो जसले सन् २०१९ मा आफ्नो कुल बिक्री गरिनेमध्ये पाँचौं स्थानमा आइफोन निर्माताबाट आम्दानी गर्ने गर्दछ ।
गत साता मात्रै ब्रोडकमले एप्पलसँग चीप्सको लागि १५ अर्ब डलर बराबर मूल्यको बिक्री सम्झौता गरेको थियो ।
हालको निर्णयअनुसार क्लालटेकले एप्पलबाट ८८ करोड ७८ लाख डलर हासिल गर्नेछ भने ब्रोडकमबाट २७ करोड २ लाख डलर प्राप्त गर्नेछ । रोयटर्स

प्रकाशित: १६ माघ २०७६, बिहीबार

Comments are closed.

Loading...