एन्टीभाइरस सफ्टवेयर अभास्ट माथि प्रयोगकर्ताको पर्सनल डाटा बेच्ने गरेको आरोप

Technology Khabar १६ माघ २०७६, बिहीबार

एन्टीभाइरस सफ्टवेयर अभास्ट माथि प्रयोगकर्ताको पर्सनल डाटा बेच्ने गरेको आरोप

काठमाडौं ।

काठमाडौं । तपाईँको कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर यसकारण राखिन्छ की तपाईँको डाटाहरु सुरक्षित हुन् । तर त्यही एन्टिभाइरस सफ्टवेयरले तपाईँको डाटा बेच्न थाले भने के हुन्छ ?

हालै एक रिर्पोटमा यस्तै एक घटनाको बारेमा उल्लेख गरिएको छ । यस रिर्पोटअनुसार एन्टीभाइरस फर्म अभास्टले विश्वभरका लाखौं प्रयोगकर्ताको पर्सनल डाटा बेच्ने गरेको छ ।

अभास्ट फ्री भर्जन एन्टीभाइरस सफ्टवेयरको लागी लोकप्रिय रहेको छ र लाखौं प्रयोगकर्ताहरुले यस सफ्टवेयरको प्रयोग गर्ने गरेका छन् । हाल कम्पनीलाई प्रयोगकर्ताको संवेदनशिल डाटा बेच्ने गरेको आरोप लागेको छ । तर कम्पनीले यसको कारणमा नीति रहेको जनाएको छ ।

यद्पी कम्पनीले यो काम आफ्नो सब्सिडरी कम्पनी मार्फत गर्ने गरेको खबरहरु आएका छन्। यसको सब्सिडरी कम्पनी जम्पसट हो र यसै मार्फत प्रयोगकर्ताको डाटा बेचिने गरेको बताईएको छ, जसमा प्रयोगकर्ताको ब्राउजर हिस्ट्री पनि रहेका छन् ।

यस सफ्टवेयरले प्रयोगकर्ताका क्लिकलाई पनि ट्रयाक गर्न सक्दछ र गूगल सर्च, गूगल म्याप एक्टिभेट गर्ने गर्दछ र यसबाट प्रयोगकर्ताको डाटा कलेक्ट पनि गर्न सक्दछ ।

यतिमात्रै नभई यसले लिङ्क्ड इन पेज, यूट्यूब भिडियोहरु र पोर्न वेबसाइटहरुको पनि डाटा सङ्कलन गर्न सक्दछ । मदरबोर्ड र पीसीम्यागले हालै एक अनुसन्धान बारे सार्वजनिक गरेका छन् जसमा यी सबै कुराहरु उल्लेख गरिएको छ । तर कम्पनीले भने डाटा बिक्री गर्ने गरेको कुरालाई स्पष्टरुपमा अस्वीकार गरेको छ ।

अभास्टका एक प्रवक्ताकाअनुसार जम्प्ससटले पर्सनल आईडी इन्फरमेशन, नाम, इमेल एड्रेस र कन्ट्याक्ट डिटेल्स नलिने र प्रयोगकर्तासँग सधै जम्प्ससाइटमा डाटा शेयरिंग अफ गर्ने अप्सन रहने बताएका छन्।

अर्थात कम्पनीले घुमाउरो पारामा यो प्रयोगकर्ताको इच्छा अनुसार हुने बताएको छ । रिर्पोटकाअनुसार पपअप म्यासेजको माध्यमबाट अभास्टले यूजर्सबाट डाटा कलेक्शनको कन्सेप्ट मागेको थियो, तर मदरबोर्डको रिर्पोटमा प्रयोगकर्तालाई कम्पनीले उनिहरुको ब्राउजिङ्ग डाटा बेच्ने विषय थाहा नभएको जनाएको छ। एजेन्सी

Sajilo Visa

प्रकाशित: १६ माघ २०७६, बिहीबार

तपाइको प्रतिक्रिया