सामसङ ग्यालेक्सी जेड फ्लिपको अफिशियल रेन्डर्स सार्वजनिक, क्लामशेल स्टाइलमा फोल्ड हुने

Technology Khabar १६ माघ २०७६, बिहीबार

सामसङ ग्यालेक्सी जेड फ्लिपको अफिशियल रेन्डर्स सार्वजनिक, क्लामशेल स्टाइलमा फोल्ड हुने

काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङले आउँदो महिना अर्थात १४ फरवरीमा आफ्नो नयाँ फोल्डवल फोन ग्यालेक्सी जेड फ्लिप लन्च गर्ने भएको छ । ग्यालेक्सी जेड फ्लिपलाई लिएर पछिल्लो केहि दिनदेखी निकै खबरहरु सार्वजनिक भएका थिए । र हाल यस डिभाइसको अफिशियल रेन्डर सार्वजनिक भएको छ ।

विनफ्युचरले यस स्मार्टफोनको अफिशियल रेन्डर्स लिक गरेको हो । त्यस्तै डिभाइसको बारेका अन्य जानकारी पनि शेयर गरेको छ । यस ह्यान्डसेटलाई बजारमा कयौं कलर अप्सनसँगै सार्वजनिक गरिने छ । जानकारहरुका अनुसार कम्पनीको यस स्मार्टफोनको टक्कर मोटोरोलाको मोटो रेजरसँग हुने छ ।

दुबै स्मार्टफोन क्ल्यामशेल स्टाइलमा फोल्ड हुनेछन् । यसबाहेक सामसङले आफ्नो नयाँ फोनलाई सिल्भर, पर्पल, गोल्ड र ब्ल्याक कलरमा सार्वजनिक गर्न सक्ने छ ।

यस सेटलाई ५जी सर्पोटसँगै ल्याईने र यसमा लेटेस्ट क्वालकम स्न्यापड्रयागन ८६५ चिपसेटसँगै सार्वजनिक गरिने केहि रिर्पोट्सले दाबी गरेका छन । यस फोनमा फूल एचडि+(२६३६×१०८०) एमोलेड ६.७ इन्च इनफिनिटी ओ डिस्प्ले हुनेछ । यस बाहेक फोनमा ८जीबी र्याम र २५६जीबी स्टोरेज हुनेछ ।

फोटोग्राफीको लागी फोनमा १२ मेगापिक्सेल एफ/१.८ र १२ मेगापिक्सल हुने छ । त्यस्तै डिभाइसको फ्रन्टमा १० मेगापिक्सेलको डुअल क्यामरा रहनेछ । यसबाहेक फोनमा ब्याट्री ३३०० एमएएच पावरको हुनेछ । रिर्पोटअनुसार यस स्मार्टफोनलाई कम्पनीले १५०० युरो मुल्यमा लन्च गर्न सक्ने देखिएको छ । एजेन्सी

प्रकाशित: १६ माघ २०७६, बिहीबार

Comments are closed.

Loading...