भारतीय टेलिकम कम्पनी भारती एयरटेल कारबाहीमा, भारतीय वाणिज्य मन्त्रालयको कालोसूचीमा

Technology Khabar १५ माघ २०७६, बुधबार

भारतीय टेलिकम कम्पनी भारती एयरटेल कारबाहीमा, भारतीय वाणिज्य मन्त्रालयको कालोसूचीमा

काठमाडौं ।

काठमाडौं । हालै एडजस्टेड ग्रस रेभेन्यु (एजीआर) को बक्यौता दिनुपर्ने समस्यासँग जुधिरहेको भारतीय टेलिकम कम्पनी भारती एयरटेललाई फेरी अर्को समस्या थपिएको छ ।

कम्पनीलाई भारतीय वाणिज्य मन्त्रालयले कारवाही गरेको छ । मन्त्रालयले व्यबसायी सुनिल मित्तलको नेतृत्वमा रहेको यस कम्पनीले समान आयातमा पाइने छुट नदिई कालोसूचीमा राखेको छ ।

एयरटेलले भारतीय निर्यात सम्वन्धि शर्तहरुलाई पालना नगरेका कारण मन्त्रालयले कम्पनीलाई कारबाही गरेको हो । खबरअनुसार भारतीय वाणिज्य मन्त्रालय अन्र्तगत रहेको विदेश व्यापार महानिर्देशनालयले एयरटेललाई ‘डिनाइड इन्ट्री लिस्ट’ मा राखेको हो ।

एयरटेलले एक्सर्पोट प्रमोशन क्यापिटल गुड्स स्कीम (इपीसीजी) को अनुसार निर्यात बाध्यताहरुलाई पुरा नगरेको बताईएको छ । यस अनुसार एयरटेललाई डिनाइल इन्ट्री लिस्टमा हालिएको कारणले कम्पनीको आयात लाइसेन्सलाई रद्द गरिने छ । कम्पनीले अब भारतको विदेश व्यापार महानिर्देशनालयको तर्फबाट कुनैपनि प्रकारको आयात फाइदा वा लाइसेन्स पाउने छैन् ।

भारतीय टेलिकम क्षेत्रमा जियोको प्रवेश पछिको कडा टक्कर र एजीआर बापतको हजारौं करोड रकम सरकारलाई बुझाउनु पर्ने भएकोले हाल एयरटेलको हालत निकै खराब रहेको छ ।

ईपीसिजी स्कीम अनुसार कम्पनीलाई निर्यातका समान र सेवाहरु तयार गर्नको लागी क्यापिटल गुड्सको आयात शुन्य शुल्क सीमा गर्ने अनुमती पाएको थियो । यस सुविधा प्राप्त गर्ने कम्पनीले यस तरिकाले जति ट्याक्स बचाउँदछन त्यसको छ गुणा बढी सामान निर्यात गर्नुपर्ने हुन्छ । तर एयरटेलले यस शर्तलाई पुरा गरेको छैन ।

वाणिज्य मन्त्रालयको यस कदममा एयरटेलले सबै लाइसेन्स बन्द गर्नलाई कम्पनी स्वयमले नै मन्त्रालयलाई आवेदन दिएको र अप्रिल २०१८ पछि कुनै प्रकारको लाइसेन्स नलिएको बताएको छ ।

यस सन्दर्भमा मुम्वई स्टक एक्सचेन्जले कम्पनीसँग स्पष्टीकरण मागेको छ । तर हालसम्म कम्पनीले यसको कुनै जवाफ दिएको छैन । एजेन्सी

easy care

प्रकाशित: १५ माघ २०७६, बुधबार