फेसबुकको डाटा नियन्त्रण टूल, कुन एप्स र साइटहरुमा डाटा शेयर गर्ने अब आफै‌ं छनौट गर्नुस्

Technology Khabar १५ माघ २०७६, बुधबार

फेसबुकको डाटा नियन्त्रण टूल, कुन एप्स र साइटहरुमा डाटा शेयर गर्ने अब आफै‌ं छनौट गर्नुस्

काठमाडौं । फेसबुकले विश्वभरका आफ्ना यूजर्सका लागि ‘अफ फेसबुक एक्टिभिटी’ टूल उपलब्ध गराएको छ । यो टूलमार्फत सबै यूजर्सलाई तेस्रो पक्षिय वेबसाइटहरु वा एप्सहरुले फेसबुकसँग शेयर गर्ने डाटाहरु व्यवस्थापन गर्न वा हटाउन अनुमति दिन्छ ।

यो फीचर सबैभन्दापहिले फेसबुकको वार्षिक कन्फ्रेन्समा सन् २०१८ मा नै ल्याईएको थियो तर सिमित देशहरुमा मात्रै गत वर्ष लन्च गरिएको थियो ।

लन्चको समयमा यसको नाम क्लियर हिस्ट्री राखिएको थियो भने फेसबुकले भने धेरै यूजर्सहरुले सो टूलको बारेमा भ्रमित भएको विश्वास गर्दै यसलाई नयाँ नाम राखेको हो ।

यसको नामले नै बुझिन्छकी यसले डाटा कलेक्सन प्रकृया र डाटा शेयरिंगको कार्यलाई रोक्ने कामगर्दछ ।

डाटा संकलन गरेर एप्सहरुले मात्रै राख्दा कुनै समस्या नआएपनि उनीहरुले सो डाटा अन्यलाई बेच्ने गरेसँगै समस्याहरु आईरहेका छन् ।

फेसबुकले भनेअनुसार अन्य बिजनेसहरुले उनीहरुको साइटहरु वा एप्समा हुने तपाईँको गतिबिधिहरुको बारेमा फेसबुक सूचनाहरु पठाउँछन र जून फेसबुकले तपाईँलाई उपयोगी हुने किसिमका विज्ञापनहरु देखाउन प्रयोग गर्दछ । तर नयाँ टूलमार्फत तपाईँले ती सूचनाहरुको सारांश हेर्न सक्नुहुनेछ भने त्यसलाई तपाईँको एकाउन्टबाट हटाउन सक्नुहुन्छ ।

फेसबुकको अफ फेसबुक एक्टिभिटी टूलले कुन एप्सहरु र साइटहरुले डाटा संकलन गरेका छन र फेसबुकले कति सूचना हासिल गरेको छ भन्ने देखाउँछ, जसमा कति इन्टरएक्सनहरु अर्थात लगइन, सर्चिंग, पर्चेजलगायत देखाउँछ ।

तर अब भने तपाईँले ती संकलन गरिएका डाटाहरुलाई थर्ड पार्टिले कनेक्सन नगरोस भनेर सो टूलमार्फत डाटाहरु व्यवस्थापन गर्न वा डिलिट गर्न सक्नुहुन्छ ।

यो एप चलाउन भने निकै जटिल हुनेछ र यसले तपाईँको एप्स लिस्टमा भएका सबै एप्स हेर्न समेत कठिन हुन्छ । नयाँ टूल चलाउन फेसबुक यूजर लगइन भएको भएपनि पुन पासवर्ड राख्नुपर्ने व्यवस्था गरिएको छ ।

फेसबुकमार्फत क्याम्ब्रिज एनालाईटिकाले यूजर्सको डाटाहरु संकलन गरेर बेचेपछि फेसबुकमाथि डाटा सुरक्षा गर्न दबाब हुँदै गएको छ ।

प्रकाशित: १५ माघ २०७६, बुधबार

Comments are closed.

Loading...