अनलाईनमार्फत आइफोनलगायतका सामाग्री सस्तोमा पठाईदिने भन्दै ठगी गर्ने पक्राउ

Technology Khabar १५ माघ २०७६, बुधबार

अनलाईनमार्फत आइफोनलगायतका सामाग्री सस्तोमा पठाईदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं ।

काठमाडौं। अनलाईन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा गढीमाई नगरपालिका ३ पिप्राविर्ता पर्सा बीरगंज महानगरपालिका-१५ ब्रह्मचोक बस्ने रोशन सिंह, बिशाल सिंह, भारत कलकत्ता घर भई हाल पर्सामा डेरा गरि बस्ने सबिक भक्त र सोही ठाउँ ब्रह्मचोक बस्ने १८ वर्षीय फारुख आलम रहेका छन् ।

उनीहरुले सामाजिक संजालहरुबाट Club Factory-Online Shoping Apps खोली एप्पल कम्पनीको मोबाइल कम मूल्यमा पठाउने र अमेरिका, क्यानडा र सिंगापुर लगायतका देशहरुको भिसा समेत लगाई दिने जस्ता झुठ्ठा आश्वासन दिई सर्वसाधारणलाई प्रलोभनमा पारी रकम ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबिच मोरङ्ग प्रहरीले पनि इलेक्ट्रोनिक्स सामानहरूको अनलाइन बिक्री गर्ने भन्दै फेसबुकमा विज्ञापन पोस्ट गरेर ठग्ने समूहलाई पक्राउ गरेको छ । उनीहरुले best buy Apple store, Best electronics store shop home, Kmart electronics लगायतका विभिन्न फेसबुक पेज संचालन गर्दै आएका थिए ।

पक्राउ परेकाबाट ६७ लाख ९९ हजार ७५० रूपैयाँसहित बैंकका एटिएम कार्ड र चेक बरामद भएको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा खोटाङ जन्तेखोला गाउँपालिका ४ का शिवजी खड्का, सोही ठाउँकी देवी चौलागाईं, मोरङ सुन्दरहरैंचा नगरपालिका ३ का निरञ्जनप्रसाद आचार्य, सुनसरी धरान नगरपालिका वडा नं. २० विष्णुपादुकाकी भावना राई, सोही नगरपालिका वडा नं. ५ कि सरिता परियार, वर्षा कार्की, सानु गौतम र लक्ष्मी कार्की छन्।

उनीहरूलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

मोरङका प्रहरीका अनुसार पक्राउ परेकाबाट विभिन्न बैंकका एटिएम, सही गरेका थुप्रै चेक र चेकबुक बरामद भएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरु मध्ये मुख्य नाइके विशाल अर्याल भनिने निरञ्जन हुन् ।

उनीहरुले वेष्ट बाई नामक फेसबुक पेजबाट सामान अडरका नाममा पैसा लिँदै सम्पर्क विहीन हुने निरञ्जनले अन्य ७ जनालाई परिचालन गर्दै आएका थिए । आचार्यले युवतीहरुलाई भने बैंक खाता खोल्नका लागि मात्र प्रयोग गरेका थिए ।

सो समूहमा भारतीयहरुको पनि संलग्नता रहेको प्रहरीको भनाई छ।

easy care

प्रकाशित: १५ माघ २०७६, बुधबार