जापानको डोकोमोद्धारा सिक्सजी प्रविधिमा स्वेतपत्र जारी, सन् २०३० भित्र सिक्सजी सेवा ल्याउने

Technology Khabar १५ माघ २०७६, बुधबार

जापानको डोकोमोद्धारा सिक्सजी प्रविधिमा स्वेतपत्र जारी, सन् २०३० भित्र सिक्सजी सेवा ल्याउने

काठमाडौं ।

काठमाडौं । जापानी टेलिकम अपरेटर एनटीटी डोकोमोले ६जी मोबाइल कम्युनिकेशन्स सिस्टमका लागि हालै स्वेतपत्र जारी गरेको छ, जून कम्पनीले आगामी सन् २०३० सम्ममा व्यवसायीकरुपमा लन्च गर्ने लक्ष्य लिएको छ ।

स्वेतपत्रमा डोकोमोको अहिलेको ५जीको विकासक्रम र ६जी कम्युनिकेशन्स टेक्नोलोजीको बारेमा दृष्टिकोण रहेको छ, जसमा कम्पनीले सन् २०१८ देखि अनुसन्धान गरिरहेको छ ।

सो स्वेतपत्रमा ५जीको विकासक्रमको बारेमा प्राविधिक कन्सेप्टहरु र अपेक्षित विबिधिकरणसहितको प्रयोगबारेमा समेत उल्लेख छ भने नयाँ ६जी कम्युनिकेशन टेक्नोलोजीहरुको बारेमा पनि रहेको छ । यसका साथै प्राविधिक कम्पोनेन्टहरु र लक्ष्यित कार्यदक्षताको बारेमा पनि लेखिएको छ ।

डोकोमोका अनुसार मोबाइल कम्युनिकेशन सिस्टमहरु सामान्यतथा १० वर्षको अवधिमा नयाँ पुस्ताको विकास हुने गर्दछ । कम्पनीले ५जीको व्यवसायीक लन्चको लागि सन् २०१० देखि नै अनुसन्धान गरेको थियो भने कम्पनीले सन् २०१८ मा १५० गीगाहर्जसमम फ्रिक्वेन्सीहरुमा सफल परीक्षण गरेको थियो ।

डोकोमोले ५जीको विकासक्रम र ६जी टेक्नोलोजीमा आफ्नो अनुसन्धानलाई निरन्तरता दिने योजना लिएको छ । यसले आगामी दिनमा प्रविधिगत अग्रता हासिल हुनेछ र यसले केनेक्टिभिटीका साथै उच्चगतिको उपलब्धता, ठूलो क्षमता र न्यून लेटेन्सी, नयाँ फ्रिक्वेन्सी ब्याण्डको उपयोगीता(टेराहर्ज फ्रिक्वेन्सीहरु) आकाश, समुन्द्र र अन्तरिक्षमा कम्युनिकेशन कभरेजको बिस्तार, न्यून लागतको संचारलगायतका विषयहरुको फाईदा हुनेछ । एजेन्सी

easy care

प्रकाशित: १५ माघ २०७६, बुधबार