रेडमीले चाँडै आफ्नो फिटनेश ट्रयाकर लन्च गर्ने, ट्रयाकरमा वाच फेस परिवर्तन गर्ने अप्सन

काठमाडौं । स्मार्टफोन ब्राण्ड रेडमीले चाँडै वेयरेवल सेगमेन्टलाई पनि बजारमा ल्याउने भएको छ । शाओमीको यस सवब्रान्ड गएको वर्ष मात्रै एक स्वतन्त्र ब्रान्ड बनाइएको थियो ।

एक स्वतन्त्र ब्रान्डको रुपमा रेडमीले आफ्नो घरेलु मार्केटमा स्मार्टफोनको साथै स्मार्ट टिभी मोडल पनि सार्वजनिक गरिसकेको छ । र अब कम्पनीले एक फिटनेश ट्रयाकरसँगै वेयरेवल सेगमेन्टमा पनि पाइला राख्न जाँदै गरेको समाचार सार्वजनिक भएको छ । रेडमीको यस अपकमीङ फिटनेश ट्रयाकरलाई चिनियाँ माइक्रो ब्लगिङ्ग वेबसाइट वीबोमा देखिएको थियो ।

गएको वर्षको नोभेम्वरमा रेडमीका जनरल म्यानेजर लु ह्वुवीङले स्मार्टवाच लन्च गर्ने कम्पनीको प्लानको बारेमा बताएका थिए । हाल कम्पनीले सबैभन्दा पहिले फिटनेश ट्रयाकर लन्च गर्न सक्ने देखिएको छ ।

वीबोमा चिनियाँ टिप्स्टर डिजीटल च्याट स्टेशनले यस डिभाइसको जानकारी लिक गरेको थियो । टिप्स्टरलाई यस फीचर र डिजाइन एमआई एपबाट प्राप्त भएको दाबी टिप्स्टरको रहेको छ । डिभाइसको इमेजबाट यो फिटनेश ट्रयाकर ब्ल्याक कलरमा आउने देखिन्छ भने यसमा मोटो बेजल्ससँगै एक सानो डिस्प्लेपनि उपलब्ध हुनेछ ।

यस फिटनेश ट्रयाकरमा स्क्रिनको तल फिजिटल बटन देखिएको छ । एपको जानकारी अनुसार यस फिटनेश ट्रयाकरमा वाच फेस चेन्ज गर्ने अप्शन पनि पाइने छ । साथै यसमा अलार्म फंङशन, हार्ट रेट सेन्सर र एनएफसी सँगै पेमेन्टका लागी सर्पोट पनि पाईने छ । र यसमा म्युजिक प्लेब्याक गर्ने अप्सन पनि रहने छ ।

यसको डिजाइनलाई हेर्दा यो फस्ट जेनेरेशन एमआई ब्यान्ड फिटनेश ट्रयाकरबाट प्रभावित भएको पाइन्छ । यसको मुल्य एमआई ब्यान्ड सीरीजभन्दा कम हुनसक्ने अनुमान लगाइएको छ ।

हाल कम्पनीको तर्फबाट यसको बारेमा कुनै आधिकारीक जानकारी सार्वजनिक भएको छैन । यस वेयरेवल डिभाइसलाई ब्युरो अफ इन्डीयन स्ट्यान्र्डसबाट सर्टिफिकेट प्राप्त भईसकेको छ । जसबाट यो चाँडै नै लन्च हुने थाहा पाउन सकिन्छ। एजेन्सी

Loading...