नोकियाले बनाउँदैछ फोल्डेवल स्मार्टफोन, यो वर्षको अन्त्यमा सार्वजनिक गर्न सक्ने

Technology Khabar १५ माघ २०७६, बुधबार

नोकियाले बनाउँदैछ फोल्डेवल स्मार्टफोन, यो वर्षको अन्त्यमा सार्वजनिक गर्न सक्ने

काठमाडौं । सामसङ, मोटोरोला र हुवावेपछि अब नोकियाले पनि आफ्नो फोल्डबल स्मार्टफोन लन्च गर्ने भएको छ ।

नोकिया मोबको रिर्पोट अनुसार एचएमडि ग्लोबलको स्मार्टफोन ब्रान्ड नोकिया अहिले आफ्नो फोल्डेबल स्मार्टफोन बनाउने काममा लागेको छ ।

नोकियाको फोल्डेबल स्मार्टफोन मोटोरोला मोटो रोजरको क्लाइमेक्स डिजाइनवाला स्मार्टफोन हुन सक्नेछ । यस रिर्पोटले नोकियाले यस फोल्डेबल फोनलाई यस वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा लन्च गर्नसक्ने दाबी गरेको छ । हाल यस फोनको विशेषताको बारेमा कुनै जानकारी अगाडी आएको छैन ।

एचएमडि ग्लोबल फोल्डेबल स्मार्टफोनको साथसाथै हालका दिनमा नोकिया ९.२ स्मार्टफोनमा पनि काम गरिरहेको छ । नोकिया ९.२ यसवर्ष लन्च गरिएको नोकिया ९ प्योरभ्यु को सक्सेसर स्मार्टफोन हुनेछ । यसअघिको रिर्पोटमा नोकिया ९.२ स्मार्टफोन यस वर्षको मध्यतिर लन्च हुने बताइएको थियो ।

यसको साथै अगाडी आएको जानकारीहरुका अनुसार नोकिया ९.२ स्मार्टफोनमा क्वालकमको लेटेस्ट स्न्यापड्रयागन ८६५ चिपसेटसँगै लन्च हुन सक्ने छ । तर हालै आएका रिर्पोटमा यसफोनलाई कम्पनीले चाँडै नै सार्वजनिक गर्न सक्ने दाबी गरिएको छ ।

एचएमडि ग्लोबलको कम्पनी नोकिया एक समय चर्चित मोवाइल ब्रान्डको रुपमा रहेको थियो । तर हालका दिनमा यस कम्पनिको बजारहिस्सा निकै कम रहेको छ । यसका लागी कम्पनिले अन्य हालका चर्चित स्मार्टफोन ब्रान्ड जसरी नै फोल्डेबल फोनको उत्पादन गर्दै प्रतिस्पर्धामा गएर आफ्नो बजार हिस्सामा सुधार ल्याउन प्रयासमा रहेको देखिन्छ ।

प्रकाशित: १५ माघ २०७६, बुधबार

Comments are closed.

Loading...