यस्तो डिजाइनमा आउँछ सामसङ ग्यालेक्सी नोट २०, इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हुने

Technology Khabar १५ माघ २०७६, बुधबार

यस्तो डिजाइनमा आउँछ सामसङ ग्यालेक्सी नोट २०, इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी सामसङको अपकमीङ नयाँ स्मार्टफोनको फस्टलुक लीक भएको छ । खबरहरुका अनुसार यस वर्षको अन्त्यसम्ममा कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट २० लाई सार्वजनिक गर्न सक्ने छ।

पपुलर टिप्स्टर आइस यूनिभर्सले आफ्नो ट्विटर ह्यान्डलबाट ग्यालेक्सी नोट २० को डिजाइन शेयर गरेका छन् । यो डिभाइस सार्वजनिक भएको ग्यालेक्सी नोट १० को अपग्रेडेड भर्जन हुने छ । यस रेन्डर तस्विरबाट अपकमिङ फ्ल्यागशिप फोनको डिजाइनको बारेमा अन्दाज लगाउन सकिन्छ ।

डिजाइन

यस स्मार्टफोनको डिजाइनको कुरा गर्दा कम्पनीले यसलाई इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सरसँगै सार्वजनिक गर्ने छ । ग्यालेक्सी नोट २० को बटममा यूएसबी टाइप-सी कनेक्टर र स्टायलस कम्पार्टमेन्ट हुने छ ।

फोनको फ्रन्टलुक्स बारेमा भने केहि जानकारी रहेको छैन । फोनको कन्ट्रोल बटन्स बायाँतर्फ रहन सक्नेछ । ग्यालेक्सी एस२० मा यो दायाँ तर्फ रहेको छ । ग्यालेक्सी नोट २० आउँदो महिना लन्च हुने ग्यालेक्सी एस२० सँग मिल्ने किसिमको फीचरसँगै सार्वजनिक हुन सक्नेछ ।

यस फोनसँग सम्बन्धित हाल धेरै जानकारी सार्वजनिक भएको छैन । यद्पी एक्सपर्टहरुका अनुसार यस फोनमा कम्तीमा ८जीबी र्याम र स्न्यापड्रयागन ८६५ चिपसेटसँगै सार्वजनिक हुन सक्ने छ । यसबाहेक फोनमा १२० हर्ज रिफ्रेश रेटसँगै क्वाड एचडि प्लस डाइनामिक एमोलेड डिस्प्ले हुन सक्नेछ ।

स्मरण रहोस कम्पनीले सामसङ ग्यालेक्सी एस२०, ग्यालेक्सी एस२०+ र सामसङ ग्यालेक्सी एस२० अल्ट्रा ५जी लाई ११ फरवरीमा अमेरिकाको सान फ्रान्सिस्कोबाट सार्वजनिक गर्ने पुरा तयारी गरिसकेको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १५ माघ २०७६, बुधबार

तपाइको प्रतिक्रिया