ह्याक हुन सक्छ इलेक्ट्रिक बाइक, सफ्टवेयर र एप्लिकेशनबाट डाटा चोरी हुने खतरा

Technology Khabar १५ माघ २०७६, बुधबार

ह्याक हुन सक्छ इलेक्ट्रिक बाइक, सफ्टवेयर र एप्लिकेशनबाट डाटा चोरी हुने खतरा

काठमाडौं । इलेक्ट्रिक बाइक र इलेक्ट्रिक कारमा हाल धेरै बल गरिएको छ । किनभने यसलाई भविष्यको भेहिकलको रुपमा हेरिएको छ ।

तर हालै आएको एक रिपोर्टअनुसार ई–स्कुटरलाई ह्याक गर्न सकिने तथ्य सार्वजनिक भएको छ । युनिभर्सिटी अफ स्यान एन्टोनियो (युएसटीए) का अनुसन्धानकर्ताहरुले गरेको एक रिसर्चले ई–स्कुटरका जोखिमको बारेमा बताएको छ । अनुसन्धानकर्ताकाअनुसार माइक्रोमोबिलीटी भेहिकलको वेन्डर्समा डिडिओएस (डिनाएल अफर सर्भिसमा) अट्याक गर्न सकिने र डेटापनि लिक हुन सक्नेछ ।

यस युनिभर्सिटीका कम्प्युटर साइन्स एक्सपर्टहरुले फर्स्ट रिभ्यु पेपर पब्लिक गरेका छन् जसमा ई-बाइक वा ई–स्कुटरको प्राइभेसी रिस्कको बारेमा बताईएको छ । यसमा महत्वपुर्ण विषय भनेको ई–स्कुटरमा रहने सफ्टवेयर र एप्लिकेशन हो, जसलाई ह्याक गर्न सकिन्छ ।

वास्तवमा ई–स्कुटरको केहि मोडल्समा स्कुटरलाई आफ्नो स्मार्टफोनसँग कनेक्ट गर्न सक्ने फीचर रहेको हुन्छ । यसको लागी ईनर्जी ब्लूटूथ च्यानलको प्रयोग गर्न सकिन्छ । ह्याकरहरुले यस फीचरको गलत फाइदा उठाउँदै राइडर र स्कुटरको बिचको डाटा इन्टरसेप्ट गर्न सक्दछन् ।

यस प्रकारको डाटा इन्टरसेप्ट गर्न हाई लेभलको ह्याकिङको आवश्यकता नै रहँदैन यसलाई सामान्य साधनबाट पनि ह्याक गर्न सकिन्छ ।

अनुसन्धानकर्ताले सहरहरुमा तिव्र गतिमा जनसंख्या बढिरहेको र माइक्रोमोबिडिटीबाट ट्रान्सपोर्टलाई स्तरिय, छिटो र सस्तो बनाउन सकिने बताएका छन् ।

अनुसन्धानकर्ताहरुले यस्ता इलेक्ट्रीक भेहिकल बनाउने उद्योगहरुले राइडर र पैदलयात्रु सेफ्टीका बारेमा मात्रै नभई साइबर सेक्योरिटिको बारेमा पनि ध्यान दिनुपर्ने बताएका छन । एजेन्सी

प्रकाशित: १५ माघ २०७६, बुधबार

Comments are closed.

Loading...