नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० माघ १७ गतेदेखि हुँदै

Technology Khabar १४ माघ २०७६, मंगलवार

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० माघ १७ गतेदेखि हुँदै

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फर्नेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्तरुपमा आयोजना गर्दै आइरहेको नेपाल उड इन्टरनेशनल एक्सपो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर इन्टरनेशनल एक्सपो छैठौँ वर्ष यही २०७६ माघ १७, १८ र १९ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना गर्न गइरहेको जानकारी गराउन चाहन्छौं ।

उक्त आयोजना हुन गइरहेको प्रदर्शनीमा विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहनेछन् । फनिचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ५ वर्ष देखी कोसेढुङ्गा सावित हुँदै आएको आयोजकको दाबी छ ।

यस अन्तराष्ट्रिय प्रदर्शनीमा Woodworking & Furniture manufacturing Machineries, Power Tools, Plywood, Doors & Windows, Fittings, Wood Accessories, Raw Materials, Interior Design, Home Décor, Home Furniture, Office Furniture, तथा Finished Products हरुको पनि उल्लेखनीय सहभागिता रहने छ ।

छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित: १४ माघ २०७६, मंगलवार

Comments are closed.

Loading...