स्वतन्त्र ब्राण्ड भएपछि पोकोको पहिलो स्मार्टफोन पोको एक्स २ भारतबाट ४ फरवरीमा लन्च हुँदै

Technology Khabar १४ माघ २०७६, मंगलवार

स्वतन्त्र ब्राण्ड भएपछि पोकोको पहिलो स्मार्टफोन पोको एक्स २ भारतबाट ४ फरवरीमा लन्च हुँदै
Classic Tech

काठमाडौं । शाओमीबाट स्वतन्त्र भएको पोको पछिल्लो केहि दिनदेखी टेक जगतमा चर्चामा रहँदै आएको छ । यस सम्बन्धित खबरहरु विभिन्न लीक्सको रुपमा सार्वजनिक हुँदै आइरहेको थियो जसमा पोको एफ २, पोको एफ २ लाइट र पोको एक्स २ नामका स्मार्टफोनहरुका बारेमा रहेका थिए ।

र अहिले पोको इन्डीयाले आधिकारीक रुपमा कम्पनीले आउँदो ४ फरवरीमा भारतबाट आफ्नो ब्रान्डको पहिलो फोन सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ । यस स्मार्टफोन भारतीय बजारमा पोको एक्स२ को नाममा सार्वजनिक हुँदैछ ।

पोको इन्डीयाले आफ्नो आधिकारीक वेबसाइटको साथै आफ्नो ट्विटर ह्यान्डलमा पनि पोको एक्स२ लाई सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले ४ फरवरीमा एक इभेन्टको आयोजन गर्दै पोको एक्स२ लाई सार्वजनिक गर्ने जनाएको छ ।

पोको एक्स २ पोको शाओमीबाट स्वतन्त्र भएपछिको पहिलो स्मार्टफोन हुने छ । कम्पनीले पोको एक्स २ मा दिइने क्वालकम चिपसेट, क्वाड रियर क्यामरा र डुअल सेल्फी क्यामरालाई पनि आफ्नो टिजरमा सार्वजनिक गरेको छ । महत्वपुर्ण कुरा अनलाईन सपिङ साइट फ्लिपकार्टमा पनि पोको एक्स २ को प्रोडक्ट पेज बनाईएको छ । अर्थात यस स्मार्टफोन भारतीय अनलाईन बजारमा फ्लिपकार्टमा उपलब्ध हुने छ ।

पोको एक्स२

सार्वजनिक भएको फोटो र भिडियोअनुसार फोनलाई बेजल लेस डिस्प्ले मा बनाइएको देख्न सकिन्छ । जसमा माथिको दायाँ कुनामा डुअल पञ्चहोल देखिएको छ । फोनको एन्जेज कर्ब्ड रहेको छ । महत्वपुर्ण कुरा यस्तै डिजाइन हालैमा शाओमीले लन्च गरेको रेडमी के३० स्मार्टफोनमा देखिएको थियो र पोको एक्स २ रेडमी के३० को रिब्रान्डेड भर्जन रहेको चर्चा चल्दै गरेको छ । यदि पोको एक्स २ रेडमी के३० को रिब्रान्डेड भर्जन रहेको खण्डमा यसको विशेषताहरु पनि रेडमी के३० को जस्तै हुन सक्ने छ । यसबारे कम्पनीले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

पोको इन्डीयाले सार्वजनिक गरेको पोको एक्स२ को फोटोमा यूएसबी टाईपी सी पोर्ट देखिएको छ जसले फास्ट चार्जिङलाई सर्पोट गर्ने दाबी गरिएको छ । पोको एक्स२ को यसबाहेकका अन्य विशेषताहरुका लागी भने ४ फरवरीसम्म कुर्नुपर्ने देखिन्छ । एजेन्सी

प्रकाशित: १४ माघ २०७६, मंगलवार

Comments are closed.

Loading...