भारतीय बजारमा जियोलाई टक्कर दिँदै वाईफाई डब्बा, भारु १ मा १ जीबी डाटा उपलब्ध गराउँदै

Technology Khabar १४ माघ २०७६, मंगलवार

भारतीय बजारमा जियोलाई टक्कर दिँदै वाईफाई डब्बा, भारु १ मा १ जीबी डाटा उपलब्ध गराउँदै
Classic Tech

काठमाडौं । भारतमा अनौठो र पत्यारै नलाग्ने घटनाहरु हुने गर्दछन् । चाहे त्यो राजनितीमा होस या टेक क्षेत्रमा । अझ मार्केटीङ क्षेत्रमा कम्पनिहरु आफुलाई स्थापीत गर्न अनेक उपाय र जुक्तीको प्रयोग गर्दछन । हाल जियोलाई भारतीय बजारमा सस्तो डाटा प्याक उपलब्ध गराउने टेलिकम कम्पनीको रुपमा चिनिन्छ ।

तर हाल भारतको बेंगलुरुमा एक नयाँ प्रयोग शुरु भएको छ । जसको शुरुवाती चरणमा एक रुपैयाँ भारुमा एक जीबी डाटा प्लान अफर नयाँ स्टार्टअप कम्पनीले दिईरहेको छ । हाल यसको प्रयोग परीक्षणको रुपमा हुँदैछ । तर आउँदो दिनमा प्राइस गेमको सन्दर्भमा यस नयाँ स्टार्टअपबाट मुकेश अम्बानीको जियोलाई यस ‘वाईफाई डब्बा’ले कडा टक्कर दिन सक्ने अनुमान गरिएको छ ।

२०१६ मा स्थापित यस स्टार्टअको उद्धेश्य पुरा बेंगलुरु सहरभर वाईफाई सेवा प्रदान गर्ने रहेको छ । बिजनेस इन्साइडरको खबर अनुसार हाई स्पिड इन्टरनेटको सुबिधाका लागि कुनै इन्स्टलेशन वा सब्स्क्रीपसन शुल्क दिनुपर्ने छैन् । दाबी गरिएको छ कि जियोले प्रदान गर्ने डाटा प्याक भन्दा यो ३६० प्रतिशत सस्तो रहने छ ।

वाइफाई बक्स आफ्नो राउटरको माध्यमबाट कनेक्ट हुने छ । यसको इन्स्टलेशन पसलहरुबाट गर्न सकिन्छ । यसको लागि फाइबर केबल बिछ्याउनको लागी न सडक खन्नुपर्छ न त स्पेक्ट्रम किन्नु पर्ने हुन्छ । यस नेटबर्कसँग आफुलाई कनेक्ट गराउन तपाईँले आफ्नो डिटेल्स दिनुपर्ने हुन्छ । वाईफाई बक्सको टोकनलाई स्थानिय स्तरमा किनेर पनि बिना कुनै समस्या इन्टरनेट को सुबिधा उठाउन सकिन्छ ।

यहाँ सम्म कि जब तपाईँलाई डाटाको आवस्यकता पर्दछ तब तपाईँ अतिरिक्त मुल्य तिरेर डाटा किन्न सक्नुहुन्छ । बेंगलुरु भन्दा बाहिरका उपभोक्ताले कम्पनीको वेबसाइटमा गएर रजिस्ट्रेशन गर्नुपर्ने हुन्छ । रजिस्ट्रेशन पश्चात कम्पनीले ती सहरमा जब यस्तो प्लान लन्च गर्ने छ, तपाईँले यसको लाभ उठाउन सक्नुहुने छ । एजेन्सी

प्रकाशित: १४ माघ २०७६, मंगलवार

Comments are closed.

Loading...