हातको मुठ्ठी भित्रै अटाउने राकुटेन मिनी स्मार्टफोन, ३.६ इन्चको एचडि डिस्प्ले

Technology Khabar १४ माघ २०७६, मंगलवार

हातको मुठ्ठी भित्रै अटाउने राकुटेन मिनी स्मार्टफोन, ३.६ इन्चको एचडि डिस्प्ले
NTC_Advt

काठमाडौं । पछिल्लो केहि वर्षदेखी स्मार्टफोन मेकर कम्पनी ठुलो स्क्रीनवाला स्मार्टफोन मा फोकस गरिरहेका छन । तर जापानको स्मार्टफोन राकुटेनले पाममा फिट हुनेवाला स्मार्टफोन बनाएर सबैको ध्यान खिच्न सफल भएको छ । कम्पनीले यस फोनलाई राकुटेन मिनी नाम दिएको छ ।

राकुटेन मीनी स्मार्टफोनमा कम्पनीले ३.६ इन्चको डिस्प्ले दिएको छ जसमा ७२०×१२८० पिक्सलको एचडि रेज्युलुसन दिइएको छ । यसको आकार हाम्रो पामको साइजभन्दा थोरैमात्रै ठुलो छ । यस फोनको डायमेशन ५३.४×१०६.२×८.६ एमएम रहेको छ जसको तौल मात्रै ७९ ग्राम रहेको छ । राकुटेन मीनी स्मार्टफोन निकै नै कम्प्याक्ट साइजको स्मार्टफोन हो ।

राकुटेन मिनी स्मार्टफोनमा कम्पनीले क्वालकम स्न्यापड्रयागन ४३९ चिपसेट लगाएको छ । यस फोनमा ३जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ । रिर्पोटअनुसार यस फोनमा मेमोरी कार्डको लागी कुनै स्लट दिईएको छैन् । यस फोनमा कम्पनीले १,२५० एमएएच पावरको ब्याट्री लगाएको छ ।

यस फोनको क्यामरा बारे कुरा गर्दा यस फोनको ब्याकमा १६ मेगापिक्सलको रियर सेन्सर क्यामरा रहेको छ । त्यस्तै सेल्फी र भिडीयो कलीङको लागी कम्पनीले फोनको फ्रन्टमा ५ मेगापिक्सेलको क्यामरा सेन्सर दिएको छ । यसमा सिम स्टलपनि रहेको छैन् तथापी यो फोनमा ई-सिम फीचर रहेको छ ।

राकुटेन मिनी स्मार्टफोनको मुल्यको कुरा गर्दा जापानमा यसको मुल्य २१,८०० येन रहेको छ । यो फोन तिन कलर ह्वाइट, रेड र ब्ल्याकको अप्सन सँगै सार्वजनिक गरिएको छ । एजेन्सी

प्रकाशित: १४ माघ २०७६, मंगलवार