Technology Khabar १४ माघ २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । सामसङले ग्राहकको आवश्यकतालाई तथा सन्तुष्टीलाई सदैव पहिलो प्राथमिकता दिदैं आएको छ । ग्राहकको आवश्यकता तथा मागलाई मध्यनजर गर्दै सामसङले सामसङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा तथा सामसङ ग्यालेक्सी नोट१०/नोट१० प्लसमा विशेष छुटको अफर ल्याएको छ ।
सामसङ ग्यालेक्सी एस१० एस१० प्लस तथा ग्यालेक्सी नोट१०/नोट१० प्लस एन आई सि एसिया बैंकको डेविट कार्ड/क्रेडिट कार्ड/क्यूआरबाट खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु. ३००० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
‘सामसङ अर्थपूर्ण आविष्कारहरू प्रदान गर्नमा सदैव विश्वास गर्दछ । यसैको प्रतिफल हाम्रा उत्पादनहरुले उपभोक्ताहरूको जीवनमा थप सहजता प्रदान गर्दछ । सामसङको पावर अफ १० सिरिज यसको भिन्न अनुभवको लागि परिचित छ यसको प्रयोगले प्रयोगकर्ताहरूलाई असीम सम्भावनाहरू पत्ता लगाउन अझै शक्ति प्रदान गर्दछ । सुविधाजनक रूपमा पहुँचयोग्य प्रीमियम सुविधाहरू यस सिरिजबाट प्राप्त हुनेछन्,’ सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भने ।
यो अफर एन आई सि एसिया कार्ड मसिन भएका सामसङका सम्पूर्ण आउटलेटहरुमा फरबरी २८सम्म उपलब्ध हुनेछ । सामसङले बैंकको सेवा लिइरहेका आफ्ना ग्राहकहरुलाई यस अफरले अझ सहज र सुविधाजनक हुनेछ भन्ने उद्देश्य राखेको छ ।
प्रकाशित: १४ माघ २०७६, मंगलवार