स्टाइलिस पेनको साथ आउँदै मोटोरोलाको नयाँ स्मार्टफोन मोटो जी स्टाइलस

Technology Khabar १३ माघ २०७६, सोमबार

स्टाइलिस पेनको साथ आउँदै मोटोरोलाको नयाँ स्मार्टफोन मोटो जी स्टाइलस

काठमाडौं । लेनोभोको अधिकृत कम्पनी मोटोरोलाले चाँडै आफ्नो स्टाइलस पेनसहितको स्मार्टफोन सार्वजनिक गर्ने भाएको छ । यस स्मार्टफोनको नयाँ मोडल इन्टरनेटमा लीक भएको छ ।

क्यानेडियन गभरमेन्ट साइटको अनुसार यस डिभाइसको नाम मोटो जी स्टाइलस हुन सक्ने छ । यस बाहेक कम्पनी यसै स्मार्टफोनसँगै फ्ल्यागसिप मोडल मोटोरोल एज प्लसमा पनि काम गरिरहेको छ ।

मोटो जी स्टाइलस को रेन्डसलाई टिप्स्टर इवान ब्लासले आफ्नो ट्वीटरमा शेयर गरेका छन । तस्विरमा डिभाइस स्टाइलससँगै देखिएको छ । यद्पी रेन्डर्स बाहेक यस मोडलको बारेमा अरु केहि जानकारी दिइएको छैन । रेन्डर इमेजबाट आउँदो फोनको डिजाइनको बारेमा जानकारी पाउन सकिन्छ ।

रेन्डरअनुसार फोनमा पञ्चहोल र कव्र्ड ग्लास प्रोटेक्सन डिस्प्ले हुनेछ । यस बाहेक स्टाइलस प्रेशर सेन्सेटिभ टिपसँगै आउने देखिएको छैन् । लीक्ड डिभाइस माटोरोला को पहिलो स्टाइलस एन्ड्रोएड फोन हुन सक्ने छ ।

क्यानडाको रेडियो एक्वीपमेन्ट लिस्ट (आरईएल) का अनुसार मोटोरोला नयाँ फोन मोटो जी स्टाइलस स्मार्टफोनमा काम गरिरहेको र यसको मोडल नम्वर एक्सटी२०४३–४ लीक भएको छ । डिभाइसले क्यानेडियन अथोरिटीबाट ३ जनवरीमा अप्रुभल पाएको हो, र यसै मोडल नम्वरको डिभाइसलाई युएस फेडरल कम्युनिकेशन कमीशन (एफसीसी) मा पनि देखिएको छ ।

यसअघि मोटोरोला ले पपअप क्यामरासँगै मोटोरोला वान हाइपर स्मार्टफोन लन्च गरेको थियो । यो डिभाइस कम्पनीको पहिलो ह्यान्डसेट हो, जसमा पपअप क्यामरा दिईएको थियो । यस फोन को मुल्य ४०० डलर रहेको छ । एजेन्सी

प्रकाशित: १३ माघ २०७६, सोमबार

Comments are closed.

Loading...