Technology Khabar १३ माघ २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । आइफोनको शेयरिंग फीचर एयरड्रपको रुपमा सामसङले पनि चाँडै आफ्नो ह्यान्डसेटमा एक यस्तै फीचर ल्याउने तयारी गरेको छ । एक्सडीए डेभलपर्सको एक नयाँ रिर्पोटमा कोरियन स्मार्टफोन मेकर कम्पनी सामसङ यस्तै शेयरिंग फीचरमा काम गरिरहेको देखाएको छ । रिर्पोटले यस शेयरिंग फीचरको नाम ‘क्वीक शेयर'(Quick Share) हुन सक्ने बताएको छ ।
एक्सडीए डेभलपर्सको रिर्पोटमा उनिहरुलाई ग्यालेक्सी एस२० प्लसको एक्सेस भएको एक स्रोतको माध्यमबाट एपिके फाइल प्राप्त भएको बताइएको छ । एप अरु वन युआई १.०/१.५ वा वन युआई २ डिभाइसमा नदेखिएको उल्लेख छ । र यो फीचर दुरुस्तै आइफोनको फीचर एयरड्रप जसरी नै काम गर्ने रिर्पोटले जनाएको छ ।
रिर्पोटअनुसार यस फीचरको एपिके धेरै ग्यालेक्सी डिभाइसमा इन्स्टल गर्ने अप्सन रहेको तर सबै डिभाइसमा यो फंङ्गसनल नरहेको उल्लेख छ । यो एपीके टेस्ट डिभाइसको लागी नभएता पनि यसले डिभाइसहरुमा काम गर्नु एक अचम्मको कुरा भएको रिर्पोटमा जनाइएको छ ।
क्वीक शेयर फीचरले दुई तरिकाबाट काम गर्नेछ । पहिलो यसको सेटिंग्समा कन्ट्याक्टस ओन्ली लाई सेलेक्ट गर्नाले यो डिभाइसमा रहेको कन्ट्याक्टसहरुमा मात्रै फाईल शेयर गर्न सकिन्छ । जबकी एभ्रीवान को अप्सनलाई सेलेक्ट गर्दा सबै सर्पोटेड डिभाइसमा यसलाई स्क्यान गर्न सकिन्छ ।
यस फीचरलाई प्रयोग गर्नको लागी सामसङ प्रयोगकर्ताहरुले केहि समयको लागी सामसङ क्लाउड सेवाको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसपछि फाइललाई सामसङ स्मार्ट थिङ्गस डिभाइसहरुमा स्ट्रीम गरिने छ । यस फीचरको सहयोगले प्रयोगकर्ताहरु २ जीबी सम्मका फाइलहरु शेयर गर्न सक्दछन् । एजेन्सी
प्रकाशित: १३ माघ २०७६, सोमबार