टिकटकलाई टक्कर दिन अमेरिकी एप ‘बाइट’ लन्च, ६ सेकेण्डको भिडियो शेयर गर्न सकिने

Technology Khabar १३ माघ २०७६, सोमबार

टिकटकलाई टक्कर दिन अमेरिकी एप ‘बाइट’ लन्च, ६ सेकेण्डको भिडियो शेयर गर्न सकिने

काठमाडौं ।

काठमाडौं । भिडियो शेयरिंग प्लेटफर्म टिकटक विश्वभर निकै लोकप्रिय रहेको छ । तर अब भने टिकटकलाई टक्कर दिन अमेरिकी कम्पनीले नयाँ एप लन्च गरेको छ ।

साना साना भिडियो शेयर गर्ने एप भाइनले हालै आफ्नो नयाँ एप लन्च गरेको हो । कम्पनीले हालै बाइट नाममा सर्ट फर्म भिडियो एप सार्वजनिक गरेको छ जुन आईओएस र एन्ड्रोयड दुबैमा उपलब्ध रहेका छन् ।

बाइटले प्रयोगकर्तालाई भिडियो खिच्न वा अपलोड गर्ने अनुमति प्रदान गर्दछ र त्यसमध्ये ६ सेकेण्डको भिडियो शेयर गर्न सकिन्छ । बाइटमा फिड, एक्प्लोर पेज, नोटिफिकेसन् र प्रोफाइल लगायतका विषयहरु फीचरको रुपमा रहेका छन् ।

तर यसमा टिकटकमा रहेको जस्तो अग्मेन्टेड रियालिटी फिल्टर, रिमिक्साबिलिटी,लगायतका फीचरहरु भने छैनन् ।

बाइट लन्च गर्ने भाइनका को फाउन्डर डोम होफम्यानले भने टिकटकको भन्दा फरक गरि कन्टेन्ट क्रिएटरहरुलाई रकम आर्जन गर्न सहयोग गरिने बताए । सो एपले छिटै नै बाइटमा प्रयोगकर्ताहरुलाई लोकप्रिय बनाउने गरि मनिटाइजेसनको अप्सनसहित पार्टनर प्रोग्राम लन्च गर्ने बताए ।

उनले शुरुमा कम्पनीकै लगानीमा रेभेन्यू शेयरिंग मोडलमा काम गर्ने र भविश्यमा सबै किसिमका आम्दानीहरुबारे हेरिने जानकारी दिए ।

सन् २०१२ मा होफम्यानले कोलिन क्रोल र रस युसुपोभसँग मिलेर भाइन स्थापना गरेका थिए । जुन पछि सार्वजनिक हुनुभन्दा पहिले सन् २०१३ मा नै ट्विटरले किनेको थियो । भाइनमा सन् २०१६ सम्मा २० करोड भन्दा बढि सक्रिय यूजर्स थिए तर ट्विटरले आफ्नो लागत कमगर्न भाइन सेयरिंग फिडलाई बन्द गरेको थियो ।

बाइटले सन् २०१९ अप्रिल देखि नै बीटा टेस्ट गरिरहेको थियो भने निकै लामो प्रतिक्षापछि सार्वजनिकरुपमा आएको छ ।

तर विश्लेषकहरुले भने टिकटक, स्न्यापच्याट, इन्स्टाग्राम,लगायतका कयौं एपहरुका बिचमा बाइट कसरी संचालन हुनसक्ला भन्ने प्रश्न गरेका छन् । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १३ माघ २०७६, सोमबार

ताजा समाचार