रसियाको यो वर्षको पहिलो अन्तरिक्ष प्रक्षेपणमा ढिलाई, प्राबिधिक गडबडी देखियो

Technology Khabar १३ माघ २०७६, सोमबार

रसियाको यो वर्षको पहिलो अन्तरिक्ष प्रक्षेपणमा ढिलाई, प्राबिधिक गडबडी देखियो
प्रतिकात्मक
Global IME Bank

काठमाडौं ।

काठमाडौं । रसियाको सोयुज–२.१ए वाहक रकेटद्धारा एक सैन्य भू–उपग्रह (स्याटेलाइट) को प्रक्षेपणमा प्रविधिक गडबडीको कारणले ढिलाई भएको छ ।

यसलाई रसियाको २०२० को पहिलो भु–उपग्रह प्रक्षेपण मानिएको छ । अन्तरिक्षसँग जोडिएको एक स्रोतले टास (रसियन समाचार संस्था ) समाचार एजेन्सीलाई यस प्रक्षेपणलाई २४ घण्टाको लागी रद्द गरिएको जानकारी दिएको छ ।

स्रोतको अनुसार, प्लेसेत्स्क प्रक्षेपण केन्द्र मेरिडियन भु–उपग्रहसँगै सोयुज २.१ए वाहक रकेटको प्रक्षेपण तीन सम्भावित प्राबिधिक गडबडीलाई मध्यनजर गर्दै प्रक्षेपण रद्द गरिएको हो ।

त्यस्तै अर्को एक स्रोतको अनुसार यसलाई सायद अनिश्चित कालको लागी रद्द गरिन सक्ने जनाएको छ । उक्त स्रोतले प्रक्षेपण एक दिनका मात्र लागी नभई अनिश्चिकालको लागी रद्द गरिएको हुन सक्ने बताएको छ ।

प्रक्षेपण रद्द गर्ने आदेश शुक्रवार बिहान १० बजे रकेटमा इन्धन भर्नु अघि दिइएको थियो । रसियन अन्तरिक्ष बलका कमान्डर कर्नल–जनरल अलेक्जेन्डर गोलोवले यसअघि रक्षा मन्त्रालयले वर्ष २०२० मा मेरिडियन भु–उपग्रह लाई लन्च गर्ने बताएका थिए ।

मेरिडियनको पहिलो प्रक्षेपण यसै लन्च प्याडबाट ११ डिसेम्वर २०१९ मा गरिएको थियो । मेरिडियन दास्रो पुस्ताको सञ्चार भू–उपग्रह हो जसले रसियन भू–उपग्रह मोलनिया र रादुगालाई विस्थापन गरेको थियो ।

सक्रिय भू–उपग्रहको जिवनकाल सात वर्ष सम्मको हुनेछ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १३ माघ २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार