रियलमीको सबै स्मार्टफोनमा वाईफाई कलिङ सपोर्ट पाईने, सबैभन्दा पहिले एक्स २ प्रो मा आउने

Technology Khabar १३ माघ २०७६, सोमबार

रियलमीको सबै स्मार्टफोनमा वाईफाई कलिङ सपोर्ट पाईने, सबैभन्दा पहिले एक्स २ प्रो मा आउने

काठमाडौं ।

काठमाडौं । रियलमीले चाँडै आफ्नो सबै स्मार्टफोनमा भीओवाईफाई अर्थात वाईफाई कलिङ सर्पोट प्रदान गर्ने भएको छ । कम्पनीले सबैभन्दा पहिले आफ्नो फ्ल्यागसिप स्मार्टफोन रियलमी एक्स २ प्रो मा वाईफाई कलिङ सर्पोट सेवा प्रदान गर्ने भएको छ ।

सो जानकारी कम्पनीका सिईओ माधव सेठले कम्पनीको आफ्नो यूट्युव च्यानलमा आउने शो आस्कमाधव को १४औं एपिसोडमार्फत दिएका थिए।

यस अन्र्तगत रियलमी स्मार्टफोनको एक्स२ प्रो मा यसै महिना वाईफाई कलिङ सर्पोटको सुबिधा प्रदान गरिने भएको छ । र अन्य मोबाइलहरुमा फरवरी र मार्च महिनामा वाईफाई कलिङको सुबिधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले फरवरी महिनामा रियलमी ब्रान्डको रियलमी एक्स२, एक्सटी, एक्स, रियलमी ५ प्रो, ३ प्रो, रियलमी ५, ५आई र ५एस स्मार्टफोनमा वाईफाई कलिङ सर्पोट सुबिधा प्रदान गर्ने छ । त्यस्तै बाँकी स्मार्टफोनहरु रियलमी २ प्रो, यु१, रियलमी १, २, ३, ३ आई, रियलमी सि१ र सि२ मा मार्च महिनामा वाईफाई कलिङ सर्पोट सर्भिस प्रदान गर्ने छ ।

यसको साथै केहिदिन पहिले मोबाइल फोनको लागी चिपसेट बनाउने कम्पनी क्वालकमको कार्यक्रम क्वालकम समिटमा रियलमीले चाँडै भारतमा नेसनल नेभिगेसन सिस्टम ­(एनभिआईसि) सर्पोर्टेबल फोन लन्च गर्ने जनाएको थियो । क्वालकमले यस समिटका बिच नयाँ चिपसेट क्वालकम स्न्यापड्रयागन ४६०, स्न्यापड्रयागन ६६२ र स्न्यापड्रयागन ७२०जी लन्च गरेको थियो ।

रियलमीले हाल स्न्यापड्रयागन ७२०जी एसओसीमा आधारित स्मार्टफोन कहिले लन्च गर्ने भन्ने खुलाएको छैन् । तर कम्पनीले यसै वर्षको पहिलो त्रैमासिकमा यस फोनलाई लन्च गर्न सक्ने आशा गरिएको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १३ माघ २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार