रियलमीद्धारा १०,००० एमएएचको पावरब्याङ्क सार्वजनिक, बड्स एयर आइकोनीक कभर पनि आयो

Technology Khabar १२ माघ २०७६, आईतवार

रियलमीद्धारा १०,००० एमएएचको पावरब्याङ्क सार्वजनिक, बड्स एयर आइकोनीक कभर पनि आयो
Classic Tech

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता रियलमीले आफ्नो १०,००० एमएएच ब्याट्री पावरयुक्त पावर ब्याङ्क सार्वजनिक गरेको छ । कम्पनीले यसलाई आजबाट ई–कमर्स वेबसाइट र कम्पनीको आधिकारिक स्टोरमा बिक्रीका लागी सार्वजनिक गरेको हो ।

यो पावर ब्याङ्क ब्ल्यु कलर अप्सनसँगै सार्वजनिक भएको छ । यद्पी यो डिभाइस पहिले देखि नै रेड, ग्रे र यल्लो कलरमा उपलब्ध रहेको छ ।

यस डिभाइस डिजाइनको विषयमा साधारण रहेको छ । यसमा एकैपटक दुई स्मार्टफोन चार्ज गर्न सकिन्छ । यसमा युएसबी टाइप ए र युएसबी टाईप सी दुबै प्रकारको पोर्ट दिइएको छ । यसमा हाई पोलिमर लिथियम ब्याट्री लगाइएको छ । यस बाहेक यसमा टे वे इनपुट र आउटपुट पावरको सर्पोट रहेको छ ।

सेफ्टीको लागी कम्पनीले यसमा १२ लेयरको प्रोटेक्सन दिएको छ । यसमा आउटपुट ओभर भोल्टेज प्रोटेक्सनसँगै आउटपुट शट सर्किट प्रोटेक्सनसम्म दिएको छ । कम्पनीका अनुसार यो सुरक्षित रहेको र यसलाई ग्राहकहरुले ढुक्क भई प्रयोग गर्न सक्नेछन । यो तौलमा हल्का रहेको र यसलाई सजिलै बोक्न सकिने कम्पनीले बताएको छ । यसको खरिदमा कम्पनीले एक केबल पनि प्रदान गर्नेछ।

यसै नयाँ पावरब्याङ्क सँगै कम्पनीले रियलमी बड्स एयर आइकोनीक कभर पनि सार्वजनिक गरेको छ । यो ह्वाइट, क्लासिक ब्ल्यु, ब्ल्याक र यल्लो कलरहरुमा उपलब्ध रहेको छ । यसलाई बिक्रीको लागी २८ जनवरीबाट उपलब्ध गराइने छ । एजेन्सी

TK Viber

प्रकाशित: १२ माघ २०७६, आईतवार

Loading...