आफ्नो प्लेटफर्ममा फोटो भेरिफिकेशन सर्भिस रोलआउट गर्दै टिन्डर

Technology Khabar १२ माघ २०७६, आईतवार

आफ्नो प्लेटफर्ममा फोटो भेरिफिकेशन सर्भिस रोलआउट गर्दै टिन्डर

काठमाडौं ।

काठमाडौं । डेटिङ्ग एप टिन्डरले आफ्नो प्लेटफर्ममा एक नयाँ फोटो भेरिफिकेशन सर्भिस शुरु गर्ने भएको छ । लोकेशन बेस्ड डेटिङ सर्भिस कम्पनीले यसबाट दाबी गरेअनुसारकाे प्रत्येक म्याच हुने जनाएको छ । यो सुबिधा मेम्बर्सलाई आफैं सेल्फी अर्थोन्टिकेट गर्नमा उपयुक्त हुनेछ । यसमा रियल टाईम पोस्टेड सेल्फीलाई हालको प्रोफाईल फोटोसँग तुलना गर्नमा मद्दत पुग्नेछ । यो कार्य एआई ह्युमन असिस्टेड टेक्नोलोजीको माध्यमबाट हुनेछ ।

टिन्डरका सिईओ एलाई सेइडम्यानले एक बयानमा आफ्ना लाखौं सदस्यहरुले नयाँ मानिसहरुसँग मिलाउन आफुहरुलाई भरोसा गर्ने गर्दछन् र आफुहरु आजका डेटर्सको आवश्यकता पुरा गर्नको लागी बेस्ट इन क्लास टेक्नोलोजी उपलब्ध गराउन समर्पित रहेको बताएका छन्।

टिन्डरले यसबाहेक हाल यस फीचरलाई केहि निश्चित मार्केटमा टेस्ट गरिरहेको र यसलाई कम्पनीले आउँदो महिनामा अन्य मार्केटमा सार्वजनिक गर्ने जनाएको छ ।

यस बाहेक टिन्डरले सेफ्टी एप नूनलाइटसँग पार्टनरशिप गर्ने घोषणा गरेको छ । युएस बेस्ड प्रयोगकर्तालाई यस एपमा फ्री एक्सेस हुनेछ । अन डिमान्ड इन्टिग्रेशनमार्फत प्रयोगकर्ताहरुलाई नूनलाइटको टाइमलाइन फिचरको माध्यमबाट आगामी मितिहरुको बारेमा डिटेल शेयर गर्न अनुमति मिल्नेछ । एजेन्सी

easy care

प्रकाशित: १२ माघ २०७६, आईतवार