विस्ट्रोनले भारतमा एप्पल आइफोनको उत्पादनलाई तिब्रता दिँदै, तेस्रो प्लान्ट शुरु

Technology Khabar १२ माघ २०७६, आईतवार

विस्ट्रोनले भारतमा एप्पल आइफोनको उत्पादनलाई तिब्रता दिँदै, तेस्रो प्लान्ट शुरु

काठमाडौं ।

काठमाडौं । एप्पलको लागि आइफोन उत्पादन गर्दै आएको विस्ट्रोनले भारतको आफ्नो प्लान्टबाट हुने उत्पादन वृद्धि गर्न शुरु गरेको छ ।

कम्पनीले २०१९ नोभेम्बरमा स्थापना गरेको भारतको आफ्नो तेस्रो प्लान्टबाट परीक्षण उत्पादन शुरुगरेपछि कम्पनीले फोनहरु बनाउन तिब्रता दिएको कम्पनीका चेयरम्यान सिमोन लीनले जानकारी दिए ।

‘तेस्रो प्लान्टको निर्माण तिब्ररुपमा भयो र स्थानीय टिमसँगको संयुक्त सहकार्यले भएको हो,’ लीनले भने । उनकाअनुसार सो प्लान्टमो टप र मिड लेभलका म्यानेजमेन्टमा स्थानीयहरुलाई रोजगारी दिईएको छ ।

विस्ट्रोनले यसअघि नै दुईवटा प्लान्टहरु भारतको बेंगलुरुमा स्थापना गरिसकेको छ, र जहाँ एप्पलका आइफोन एसई र आइफोन सिक्सएस डिभाइस उत्पादन भईरहेको छ । यी उत्पादनहरु भारतको बजारमा बिक्री हुने गरेको डिजिटाइम्सको रिपोर्टमा उल्लेख छ ।

तेस्रो प्लान्ट भने नारासापुरामा रहेको छ, शुरुवाती चरणमा आइफोनको उत्पादन गर्नेछ र भारतमा विस्ट्रोनको समग्र उत्पादन क्षमतालाई वृद्धि गर्ने बताईएको छ ।

यसैबिचमा एप्पलले पनि भारतमा आफ्नो आइफोन उत्पादनलाई निरन्तर बिस्तार गर्दै लगेको छ । र एप्पलको पार्टनर फक्सकन इलेक्ट्रोनिक्सले यसअघि नै आइफोन एक्सआर डिभाइस उत्पादन गर्न शुरु गरिसकेको बताईएको छ ।

Global Bank
easy care

प्रकाशित: १२ माघ २०७६, आईतवार