पोको एक्स टू ८जीबी र्याम र २५६ जीबी स्टोरेज अप्सनमा, एन्ड्रोएड १० सहित सार्वजनिक हुनसक्ने

Technology Khabar १२ माघ २०७६, आईतवार

पोको एक्स टू ८जीबी र्याम र २५६ जीबी स्टोरेज अप्सनमा, एन्ड्रोएड १० सहित सार्वजनिक हुनसक्ने

काठमाडौं ।

काठमाडौं । पोकोले आधिकारीकरुपमा अब शाओमीको सब ब्रान्ड नरहेको जनाईसकेको छ । र अहिले पोको आफ्नो स्मार्टफोन एक्स२ लाई चाँडै लन्च गर्ने कुराले चर्चामा रहेको छ किनभने यो स्मार्टफोन कम्पनी स्वतन्त्र भएपछिको पहिलो स्मार्टफोन हुने छ ।

खबरअनुसार पोको आफ्नो यस स्मार्टफोनको पहिलो लन्च भारतमा गर्ने छ । केहि समयअघि पोको एफ२ लाइटको नामबाट एक स्मार्टफोन को रियल लाइभ ईमेज इन्टरनेटमा भाइरल भएको थियो । त्यहि हाल अर्को एउटा पोको फोनको वास्तविक फोटो लिक भएको छ जसको नाम पोको एक्स२ रहेको जनाइएको छ ।

पोको एक्स२ को रियल लाईभ ईमेज एक वेबसाइटद्धारा पब्लिश गरिएको छ । यी फोटोहरुमा फोनको फ्रन्ट प्यानल देखाइएको छ जसमा सेटिङ्ग मेन्यु खुलेको छ । यस वेबसाइटमा फोनको फोटोहरुसँगै फोन फङ्गशन को स्क्रिन रेर्कडिङ्ग पनि रहेको छ जसमा सेटिङ्ग मेन्यु खुल्दै गरेको छ र स्क्रोल भइरहेको देख्न सकिन्छ । फोनको यस भिडियो २२ जनवरीमा सार्वजनिक भएको हो ।

सार्वजनिक भएको भिडियोअनुसार फोन बेजल लेस डिस्प्लेमा बनेको देखाइएको छ । जसको माथिल्लो दायाँ भागमा डुअल पञ्चहोल देखिएको छ । महत्वपुर्ण कुरा यस्तो डिजाइन हालैमा शाओमीद्धारा लन्च गरिएको रेडमी के३० स्मार्टफोनमा देखिएको थियो । त्यस्तै शेयर गरिएको स्क्रिनसटमा पोकोफोन र पोको एक्स२ लेखिएको प्रस्ट देखिएको छ । फोनको विशेषताहरुको कुरा गर्दा फोन एन्ड्रोएड १० मा आधारित हुनेछ । र फोनमा मियूआई ११ भर्जन पनि रहेको छ ।

यस फोनमा ८जीबी र्यामसँगै २५६जीबी इन्टरनल स्टोरेज रहेको देखिएको छ । त्यहि यसमा २.२ गीगाहर्ज क्लक स्पीडसहित अक्टाकोर प्रोसेसर दिइएको छ । उक्त वेबसाइटले यस भिडियोसँगै पोको एक्स२ रेडमी के३० को दोस्रो भर्जनको रुपमा लन्च हुनसक्ने शंका पनि जनाएको छ । तर यो लिक्ड भिडीयो र फोटोहरु पोको को नभएको अन्य रिपोर्टहरुले जनाएका छन् ।

पोको एक्स२ को कुरा गर्दा गीकबेन्चमा यस फोनको नामको साथै अन्य थुप्रै विशेषताहरुको बारेमा पनि कुरा गरिएको छ । लिस्टिङ अनुसार यस फोनमा ओएस एन्ड्रोएड १० रहेको छ । त्यहि फोनमा १.८० गिगाहर्ज क्लक स्पीडसहित अक्टाकोर प्रोसेसर दिइएको जानकारी गीकबेन्चमा सार्वजनिक भएको छ ।

बेन्चमाकिंग साइटमा पोको एक्स२ मा चिपसेटको ठाउँमा फिनिक्सिन लेखिएको छ । यो चिपसेट कुन मोडल नम्वरमा रहेको छ भन्ने कुरा अगाडि आएको छैन । गीकबेन्चमा पोको एक्स२ ८जीबी ¥याम सहित लन्च हुने बताइएको छ । बेन्चमाकिंग स्कोरको कुरा गर्दा पोको एक्स२ लाई गीकबेन्चमा सिंगलकोर मा ५४७ प्वाइन्ट्स दिइएको छ भने मल्टीकोरमा यस फोनलाई १८६७ स्कोर प्राप्त भएको छ । एजेन्सी

easy care

प्रकाशित: १२ माघ २०७६, आईतवार