मानिसजस्तै देखिने महिला रोबोटलाई अन्तरिक्षमा पठाउँदै भारत, यस्तो देखिन्छ रोबोट

Technology Khabar १२ माघ २०७६, आईतवार

मानिसजस्तै देखिने महिला रोबोटलाई अन्तरिक्षमा पठाउँदै भारत, यस्तो देखिन्छ रोबोट
Classic Tech

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले आफ्नो पहिलो ह्युमोयड (मानिसजस्तै देखिने रोवोट) को पहिलो प्रोटोटाइप पेश गरेको छ । यस रोबोटको नाम व्योममित्र राखिएको छ ।

डिसेम्वर २०२१ मा पठाईने मानव अन्तरिक्ष मिशनमा व्योममित्रले पुरुष अन्तरिक्षयात्रिलाई सहयोग गर्नेछिन्।

गगनयान प्रोग्राम अन्तर्गत व्योममित्रलाई यस वर्षको अन्त्यमा र आउदो वर्ष पनि मानव रहित मिसनमा पठाइने छ ।

बेंगलोरमा यसै हप्ता भएको मानव अन्तरिक्षयान र अन्वेषणः वर्तमान चुनौतीहरु र भविष्यको प्रवृत्ति विषयक ३ दिने अन्तर्राष्ट्रिय गोष्ठिमा व्योममित्रलाई सार्वजनिक गरिएको थियो । जुन कार्यक्रमको सबैभन्दा आकर्षक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा उपस्थित मानिसहरु व्योममित्रले आफ्नो परिचय आफैंले दिएकोमा अचम्मित भएका थिए । रोबोटले सबैलाई मेरो नमस्कार, म व्योममित्र हुँ र मलाई अर्ध मानव रोबोटको नमुनाको रुपमा पहिलो मानवरहित गगनयान मिशनको लागी बनाइएको हो भनेर आफ्नो परिचय दिएको थियो । उनले आफु पुरा यानको मापदण्डलाई निगरानीमा राखेर अरुलाई सचेत गराउने र स्विच प्यानलको संचालन सहित विभिन्न काम गर्न सक्ने बताइन् ।

अन्तरिक्ष केन्द्रले हाल देखाईएको प्रोटोटाइपमा थप काम गरिरहेको जानकारी दिएको छ । यो अल्गाेरिदम लजिकमा आधारित रहेर तयार पारिएकोहो ।

भारतले डिसेम्वर २०२१ मा मानव मिसनलाई अन्तरिक्षमा पठाउनु पहिले इसरोले दुई मानवरहित मिसन डिसेम्बर २०२० र जुन २०२१ मा अन्तरिक्षमा पठाउने छ । बीबीसीबाट

प्रकाशित: १२ माघ २०७६, आईतवार

Comments are closed.

Loading...