रोबोटिक एसोसिएसन अफ नेपालको ‘यन्त्र ८.०’ महोत्सव सुरु

Technology Khabar ११ माघ २०७६, शनिबार

रोबोटिक एसोसिएसन अफ नेपालको ‘यन्त्र ८.०’ महोत्सव सुरु
Classic Tech

काठमाडौं । रोबोटिक्स र इलेक्ट्रोनिक्स अटोमेसनको क्षेत्रमा लगातार काम गर्दै आईरहेको रोबोटिक्स एसोसिएसन नेपालले वर्षेनी गर्दै आइरहेको ‘यन्त्र ८.० विज्ञान, टेक र उद्यमशीलता महोत्सव’ शुक्रवारदेखि नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीको परिसर ललितपुरमा सुरु भएको छ । यो महोत्सव फरवरी ५ अर्थात माघ २२ गतेसम्म चल्ने छ ।

सो कार्यक्रममा अन्तर्राष्ट्रिय रोबोटिक कम्पिटिशन, रोबोबिजनस कप, यन्त्र लर्निङ, यन्त्र किड्स, मिनी यन्त्र, र यन्त्र इन्कुवेशन लगायतका प्रतियोगिता आयोजना हुनेछ ।

कार्यक्रमको उद्घाटनको दिन ‘दिगो बिकासका लागी रोबोटिक्स र एआई’ भन्ने विषयमा छलफल भएको छ । जसमा डा. रबिन्द्र ढकाल, प्रा.डा. रमेश कुमार मास्के, सरोज बस्नेत र प्रतिभा गौतमले यसको बारेमा आफ्नो अनुभव र धारणा बाँडेका थिए ।

प्रकाशित: ११ माघ २०७६, शनिबार

Comments are closed.

Loading...