Technology Khabar ११ माघ २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । एलजीको दुई नयाँ फोनको रेन्डर्स अनलाइनमा स्पट गरिएको छ । यी फोन मोडल नम्वर एल५५५डिएल र एल४५५डिएल का साथ आउनेछ जसलाई युएस प्रीपेड करियर ट्रेकफोको माध्यमबाट किन्न सकिने छ । यद्पी यी फोनहरुको नामलाई लिएर अझै केहि जानकारी अगाडि आएको छैन ।
फेमस लिक्स्टर र टिप्स्टर एभन ब्लासले आफ्नो ट्विटर ह्यान्डलमा यी फोनको रेन्डर्सलाई लीक गरेका छन । एभनका अनुसार एल५५५डिएल र एल४५५डिएल मोडल नम्वरवाला फोनलाई युएस प्रीपेड करियर ट्रेकफोको माध्यमबाट किन्न सकिन्छ । तर यसको इन्टरनेशनल उपलब्धताको बारेमा कुनै जानकारी अगाडि आएको छैन ।
रेन्डर्समा एल५५५डिएलको फोन वाटरड्रप नोच स्टाइल र लेफ्ट साइडमा गूगल असिस्टेट बटनसँगै सार्वजनिक गरिने छ । त्यस्तै फोनको लेफ्ट साइडमा भोल्युम रकर र राइट साइडमा पावर बटन हुनेछ । यस बाहेक फोनमा अनस्क्रीन बटनपनि हुनेछ । र डिस्प्लेको तलपट्टि थोरै मोटो चिन हुनेछ ।
त्यस्तै एलजी एल४५५डिएल रेन्डर को कुरा गर्दा यस फोनमा पनि एलजीले वाटरड्रप नोच स्टाइल डिस्प्ले र गूगल असिस्टेन्ट बटनलाई लेफ्ट साइडमा राख्ने छ । यस बाहेक सबै बटनको पोजिसन एल५५५एलडि फोनको फ्रेम एल४५५डिएल भन्दा थोरै ठुलो हुने छ ।
अघि भनिएझै यस फोनको नामबारे कुनै जानकारी सार्वजनिक भएको छैन । त्यस्तै यस डिभाइसको विशेषताहरुलाई लिएरपनि कुनै जानकारी आएको छैन् । तर एलजीले चाँडै नै यी फोनको विशेषताहरु सार्वजनिक गर्ने आशा गरिएको छ । एजेन्सी
प्रकाशित: ११ माघ २०७६, शनिबार