सामसङ ग्यालेक्सी एस२० र एस२० प्लस यस्तो डिजाइनमा आउँछ, हेर्नुस् कतिपर्छ मूल्य

Technology Khabar १० माघ २०७६, शुक्रबार

सामसङ ग्यालेक्सी एस२० र एस२० प्लस यस्तो डिजाइनमा आउँछ, हेर्नुस् कतिपर्छ मूल्य

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङ ११ फरवरीमा सान फ्रान्सिस्कोमा आफ्नो एस२० सीरीजका सामसङ ग्यालेक्सी एस२० र ग्यालेक्सी एस२०प्लसलाई सार्वजनिक गर्न पुर्णरुपले तयार रहेको देखिएको छ । यद्पी यी फोनहरुको अफिशियल लन्च हुनुभन्दा पहिले दुबै फोनको रेन्डर्स सार्वजनिक भएको छ ।

यि रेन्डर्सबाट फोनको डिजाइन डिटेल अगाडि आएको छ । त्यस्तै ग्यालेक्सी एस२० र ग्यालेक्सी एस२० प्लसको मुल्य पनि सार्वजनिक भएको छ । रेन्डर्स अनुसार फोन २.५ कर्ब्ड ग्लाससँगै आउन छ । यसअघि कम्पनिले फ्ल्यागशिप फोनमा ३डी ग्लासको प्रयोग गरेको थियो ।

रेन्डर्समा सामसङ ग्यालेक्सी एस२० मा रेक्टेंगुलर क्यामरा मोडल तीन क्यामरा सेन्सरसँगै आउने जनाइएको छ । त्यस्तै यसको टप लेफ्ट साइटमा एलइडी फ्ल्यास पनि हुनेछ । ग्यालेक्सी एस२० प्लस मोडलमा भने एउटा अतिरिक्त सेन्सर हुने छ, यसको अर्थ यसमा चार क्यामरा रहनेछ ।

भोल्युम रकर र पावर बटन डिभाइसको राइट साइडमा रहेको हुनेछ भने लेफ्ट साइटमा कुनै बटन हुने छैन । यसैकारणले सामसङले लेफ्ट साइडमा बिक्सबीको लागी डेडिकेशन बटन दिन सक्नेछ । त्यस्तै यस ह्यान्डसेटमा इनफिनिटी ओ डिस्प्ले हुनेछ । जसको मिडलमा सर्कुलर कटआउट फ्रन्ट क्यामराको लागी हुनेछ ।

यि दुई फोनका मुल्यको कुरा गर्दा ग्यालेक्सी एस२० लाई कम्पनीले ८९९ युरो र यसको ५जी भेरियन्टको शुरुवाती मूल्य ९९९ युरो तोक्न सक्नेछ । यस बाहेक ग्यालेक्सी एस२० प्लसको मूल्यको कुरा गर्दा यसको ५जी भेरियन्टको मुल्य युरो १,०९९ हुनेछ । कम्पनीले दुबै स्मार्टफोनलाई कोमिक ब्ल्याक, कोमिक ब्ल्यु र क्लाउड ब्ल्यु कलरमा सार्वजनिक गर्न सक्नेछ ।

इन्टरनेटमा अहिले सामसङ ग्यालेक्सी एस२० अल्ट्राको अफिशियल रेन्डर्स पनि सार्वजनिक भएको छ । यस प्रीमियम फोन पन्च होल डिस्प्ले रेक्टेंगुलर क्यामरा मोड्युल ब्याकमा डुअल टोन डिजाइन र क्वाड क्यामरासँगै लन्च हुनेछ । क्यामरा मोड्युलमा स्पेस जूम १००एक्स ब्रान्डिङ हुनेछ । यस बाहेक भोल्युम रकर र पावर बटन राइट साइडमा हुनेछ । स्मार्टफोनको डिस्प्ले र ब्याक डिजाइन कव्र्ड हुनेछ । फोन ब्ल्याक र ग्रो कलरको अप्सनसँगै आउनेछ ।

यस ग्यालेक्सी एस२० अल्ट्राको ५जी भेरियन्टको सुरुवाती मुल्य युरो १,३४९ हुनेछ । यसको साथै कम्पनीले यसको ५जी ५१२जीबी भेरियन्टको मुल्य १,५४९ युरोमा सार्वजनिक गर्न सक्नेछ । ९१ मोबाइल्सबाट

easy care

प्रकाशित: १० माघ २०७६, शुक्रबार