Technology Khabar १० माघ २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । वनप्लस ८ प्रो लाई लिएर पछिल्लो केहि समयदेखी लीक रिर्पोटहरु अगाडी आएको छ । चिनियाँ स्मार्टफोन मेकर कम्पनीको अपकमीङ स्मार्टफोनको अगाडी आएको जानकारी अनुसार कम्पनीले आफ्नो नयाँ फोनमा वायरलेस चार्जिङ फिचर अफर गर्न सक्दछ । अर्थात वनप्लसले आफ्नो आउन लागेको स्मार्टफोन वनप्लस ८ प्रो लाई वायरलेस चार्जिङसँगै लन्च गर्न सक्नेछ ।
यसकुराको जानकारी टिप्स्टर म्याक्स जे को ट्विटबाट लिइएको हो । यस ट्वीटमा एक फोटो सार्वजनिक गरिएको छ जसमा वनप्लसको अपकमीङ भनिएको स्मार्टफोन एक वायरलेस चार्जिङ्ग को माध्यमबाट चार्ज भइरहेको छ । यस फोटोलाई चार्ज लाइक अ प्रो क्याप्सनसँगै ट्विट गरिएको छ ।
Charge like a pro. pic.twitter.com/Fqnkpsa0mT
— Max Jambor (@MaxJmb) January 21, 2020
वनप्लस यस वर्षको पहिलो ६ महिनामा तीन स्मार्टफोन वनप्लस ८, वानप्लस ८ प्रो र वनप्लस ८ लाइटलाई सार्वजनिक गर्ने तयारीमा रहेको छ । वनप्लस को प्रो मोडलमा कम्पनी यस वर्ष पपअप क्यामरा मोडललाई हटाएर पन्च होल डिस्प्ले अफर गर्न सक्नेछ ।
वनप्लसका सिईओ पेटेले गतवर्ष वानप्लस ७टि प्रो को लन्चको बेला वायरलेस चार्जर वायर्ड चार्जर भन्दा स्लो हुने बताएका थिए । उनले त्यसबेला आफ्नो कम्पनी वायरलेस चार्जिङका बेला हुने हिटीङ्गको समस्यालाई हटाउने काममा लागेको पनि बताएका थिए ।
प्रकाशित: १० माघ २०७६, शुक्रबार